• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार दुई महिनादेखि बजेटविहीन अवस्थामा छ । चालु आर्थिक वर्षको बजेट प्रदेश सभाबाट पारित हुन नसक्दा प्रदेश सरकार उधारोमा सञ्चालन भइरहेको छ भने प्रदेशका कर्मचारीले समेत दुई महिनादेखि तलब पाउन सकेका छैनन् ।

बजेट निकासा तथा सरकारी रकम खर्च गर्ने कानुनी आधार नहुँदा प्रदेशका मन्त्रालयदेखि मातहतका कार्यालयसम्मका नियमित काम प्रभावित भएका छन् । विकास निर्माणका आयोजना सञ्चालनमा समस्या हुनुका साथै कार्यालय सञ्चालनका लागि आवश्यक दैनिक खर्च व्यवस्थापन गर्नसमेत कठिनाइ भएको छ ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी तथा उपसचिव ताराकुमारी जोशीका अनुसार बजेट अभावका कारण कार्यालय सञ्चालनका लागि आवश्यक सामग्रीसमेत उधारोमा ल्याउनुपरेको छ ।

‘बजेटै नभएकाले प्रायः सबै खर्च ठप्प छ । तर, कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री उधारोमा ल्याएर काम चलाइएको छ,’ उनले भनिन् ।

बजेटविहीनताको प्रत्यक्ष असर प्रदेशका कर्मचारी तथा विकास आयोजनामा परेको छ । प्रदेश लेखा नियन्त्रकको कार्यालय, धनगढीका सूचना अधिकारी बलदेव कापडीका अनुसार प्रदेश सरकारअन्तर्गत कार्यरत कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् ।

‘कर्मचारीले दुई महिनाको तलब पाउनुभएको छैन । विकास निर्माणका काम पनि प्रभावित भइरहेका छन् । बहुवर्षीय आयोजनाका काम निर्माण कम्पनीले गरिरहे पनि भुक्तानी पाउन सकेका छैनन्,’ कापडीले भने ।

बजेट पारित हुन नसक्दा प्रदेश सरकारका नियमित प्रशासनिक गतिविधि, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणसँग सम्बन्धित आर्थिक दायित्व व्यवस्थापनमा समस्या देखिएको छ । निर्माण कम्पनीले काम जारी राखे पनि समयमै भुक्तानी हुन नसक्दा आयोजना कार्यान्वयनमा थप समस्या आउन सक्ने अधिकारीहरू बताउँछन् ।

सुदूरपश्चिममा बजेट शून्यताको अवस्था यसअघि पनि देखिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा तत्कालीन प्रदेश सरकारले समयमै बजेट पारित गराउन नसक्दा प्रदेश करिब दुई महिना बजेटविहीन बनेको थियो । त्यसबेला ४ असोजमा नयाँ बजेट ल्याएर बजेट शून्यताको अवस्था अन्त्य गरिएको थियो ।

यसपटक भने सरकारले बजेट पुनर्लेखन गरेर प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको छ । असोज दोस्रो सातासम्म नयाँ बजेट प्रदेश सभामा प्रस्तुत गर्ने गरी तयारी अघि बढाइएको जनाइएको छ । तर, प्रदेश सभाबाट बजेट पारित नभएसम्म कर्मचारीको तलब, प्रशासनिक खर्च तथा विकास आयोजनाको भुक्तानीसम्बन्धी अन्योल कायमै रहनेछ ।

यसैबीच, बजेट शून्यताको अवस्था तत्काल अन्त्य गर्न नेपाली कांग्रेस प्रदेश संसदीय दलले सरकारलाई अल्टिमेटम दिएको छ । कांग्रेस संसदीय दलको बैठकले आगामी १५ असोजभित्र प्रदेश सभाबाट बजेट अनिवार्यरूपमा पारित गरी पूर्ण कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको हो ।

नेपालीहरूको महान् चाडपर्व नजिकिँदै गएको अवस्थामा बजेट अभावका कारण प्रदेश सरकारले प्रदान गर्ने अत्यावश्यक सेवा प्रवाहसमेत प्रभावित हुन थालेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस संसदीय दलले वर्तमान सरकारले प्रतिपक्षको रचनात्मक भूमिका र सहभागितालाई निरन्तर बेवास्ता गर्दै आएको आरोप लगाएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग आवश्यक समन्वय र सहकार्य गरी बजेट पारित गर्ने वातावरण निर्माण गर्नसमेत कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

बजेटसम्बन्धी विवाद समाधान गरी प्रदेश सभाबाट बजेट पारित नभएसम्म प्रदेश सरकारको आर्थिक तथा प्रशासनिक गतिविधिमा देखिएको अवरोध हट्न नसक्ने कांग्रेसको भनाइ छ । तत्काल राजनीतिक सहमति जुटाएर बजेट पारित गर्न सरकारमाथि दबाब बढेको छ ।

  • बजेट विहिन
बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

समाचार

सबै

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.