• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०८, २०८३
☰
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा

  • ८. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

  •   बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित

धनगढी । आइएमई ग्रुपले कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण गरिरहेको जालपादेवी केबलकार तिहारअघि सञ्चालनमा आउने भएको छ । दसैंअघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि निर्माणमा केही ढिलाइ भएपछि तिहारअघि सञ्चालनमा ल्याउने गरी काम भइरहेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले दसैं र तिहारको बीचमा केबलकार सञ्चालनमा आइसक्ने जानकारी दिए ।

‘केबलकारको सम्पूर्ण भौतिक संरचनाको काम सकिएको छ,’ उनले भने, ‘अहिले प्राविधिक चेकजाँच भइरहेको छ । तिहारअघि सर्वसाधारणका लागि खुला गर्ने गरी काम भइरहेको छ ।’

आइएमई ग्रुपका अनुसार करिब पाँच अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको केबलकारको लम्बाइ ३ दशमलव १ किलोमिटर छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डोला रहनेछन् । चिसापानीदेखि राजकाँडासम्मको यात्रा करिब १० मिनेटमा पूरा हुनेछ । केबलकारले दैनिक करिब ६ हजार यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्नेछ ।

अध्यक्ष ढकालले प्राकृतिक स्रोत तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण सुदूरपश्चिमको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले केबलकार निर्माण गरिएको बताए । केबलकार सञ्चालनमा आएपछि भारतीय पर्यटकसमेत आकर्षित हुने र यस क्षेत्रको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको उनले बताए ।

कर्णाली नदीको चिसापानी पुलनजिकै रहेको आयोजनास्थलबाट सुरु हुने केबलकार यात्राका क्रममा कर्णाली नदी, जालपादेवी, कालभैरव, कालिकादेवी, कैलाशधामलगायत धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्न सकिनेछ । हात्तीढुंगालगायतका पर्यटकीय स्थलसमेत केबलकारको यात्राका क्रममा देख्न सकिने जनाइएको छ ।

आइएमई ग्रुपले प्रत्येक प्रदेशमा कम्तीमा एउटा पर्यटकीय पूर्वाधार निर्माण गर्ने लक्ष्यअनुसार सुदूरपश्चिमको प्रवेशद्वारका रूपमा रहेको चिसापानीमा केबलकार निर्माण सुरु गरेको जनाएको छ । केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ ।

केबलकार सञ्चालनमा आएपछि पर्यटन प्रवद्र्धनसँगै रोजगारीका अवसर सिर्जना हुने र स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

केबलकार निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटल तथा सभाहल निर्माण गर्ने योजना रहेको कम्पनीले जनाएको छ । पर्यटकका लागि होमस्टे र रिसोर्टसमेत सञ्चालनमा ल्याउने तयारी छ । केबलकारमा कैलालीका उद्यमी सूर्यबहादुर थापासहित स्थानीय व्यवसायीको समेत साझेदारी रहेको जनाइएको छ ।

समुद्री सतहदेखि करिब एक हजार २ सय मिटर उचाइमा रहेको राजकाँडाबाट चिसापानी क्षेत्र तथा तराईका सुन्दर फाँटको दृश्यावलोकन गर्न सकिनेछ । त्यहाँबाट अपी, साइपाल, काञ्जीरोवा, ओमपर्वतलगायत हिमशृंखलाको समेत दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संगमस्थलका रूपमा रहेको चिसापानीमा निर्माण भइरहेको यो केबलकार नेपालकै सबैभन्दा लामो केबलकार हो ।

  • जाल्पा देवी केबुलकार
बिहिबार, असोज ०८, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष
यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप
सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा
धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक
चुरेमा मृत भेटिए बोहरा,७ जना नियन्त्रणमा

समाचार

सबै

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

सुदूरपश्चिमको पर्यटनमा नयाँ आयाम : तिहारअघि सञ्चालनमा आउँदै जालपादेवी केबलकार

मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.