धनगढी । कैलालीको चुरेमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको चुरे गाउँपालिका-१ निगाली बस्ने अन्दाजी ५२ वर्षीय यज्ञबहादुर बोहरा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
उनी घरबाट हराएकोमा खोजी गर्दै जाँदा चुरे गाउँपालिका-१ तुलिखेत जङ्गलको भिरबाट तल मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख एवं डिएसपी हिरासिंह महराले बताएका छन् ।
मृतकसहित ८ जना सँगै बसेर मादक पदार्थ सेवन गरेकोमा मृतकलाई मापसे गर्दै गर्दा संगै बसेका साथीहरुले मार्दिन्छु भनि भन्दै गरेको भिडियो फेला परेको प्रहरीले जनाएको छ।
अहिले डिएसपी महराको कमाण्डमा खटिएको प्रहरी टोलीले ७ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका सात जनाको नाम र ठेगाना भने खुलाइएको छैन। अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।















