• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  •   बुधबार, असोज ०७, २०८३ मा प्रकाशित

विद्यालयबाट घर फर्किएपछि होस् वा साथीभाइसँगको भेटघाटमा, आजको पुस्ताका लागि चाउचाउ, चिप्स, बर्गर, पिज्जा, फ्रेन्च फ्राइज, प्याकेटका विभिन्न खानेकुरा र गुलियो पेय पदार्थ सामान्य खानाजस्तै बन्दै गएका छन् । समयको बचत, स्वाद र सहज उपलब्धताका कारण यस्ता खानेकुराको प्रयोग बढ्दै जाँदा यसको दीर्घकालीन स्वास्थ्य प्रभावबारे भने पर्याप्त ध्यान पुग्न सकेको छैन ।

स्वादका लागि रोजिएको जंक फुडको अत्यधिक तथा नियमित सेवन केवल तत्कालीन स्वास्थ्य समस्यासँग मात्र जोडिएको विषय होइन । अत्यधिक नुन, चिनी, अस्वस्थकर बोसो र ऊर्जाको मात्रा भएका प्रशोधित खानेकुराले अस्वस्थकर आहारको जोखिम बढाउन सक्छ । यस्तो खानपानसँगै शारीरिक गतिविधि कम हुँदा मोटोपना, उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगलगायत नसर्ने रोगको जोखिम बढ्न सक्छ । WHO ले पनि अस्वस्थकर आहारलाई नसर्ने रोगका प्रमुख व्यवहारजन्य जोखिम कारकमध्ये राखेको छ।

नेपालमा पनि चिन्ताजनक अवस्था

नेपालमा नसर्ने रोगको भार पछिल्ला वर्षमा महत्वपूर्ण स्वास्थ्य चुनौतीका रूपमा देखिएको छ। युवावस्थामा समेत नसर्ने रोगका जोखिम कारक बढ्दै जानु दीर्घकालीन रूपमा स्वास्थ्य प्रणाली र परिवार दुवैका लागि चिन्ताको विषय हो।

नेपालको STEPS Survey 2019 ले पनि खानपानसम्बन्धी महत्वपूर्ण अवस्था देखाएको छ। १५-६९ वर्ष उमेर समूहमा दैनिक फलफूल तथा तरकारीको औसत सेवन दुई serving मात्र थियो भने ९६.७ प्रतिशतमा दैनिक पाँच serving भन्दा कम फलफूल तथा तरकारी सेवन देखिएको थियो ।

यसले समस्या जंक फुडमा मात्र सीमित नभएको देखाउँछ । पोषिलो तथा प्राकृतिक खानेकुराको स्थान प्रशोधित खानेकुराले लिनु र सँगसँगै शारीरिक गतिविधि घट्नु पनि बदलिँदो जीवनशैलीको महत्वपूर्ण पक्ष हो ।

बालबालिका र किशोरकिशोरीमा बन्दैछ खानपानको नयाँ संस्कृति

3 H को Cycle ( Home To Hotel , Hotel To Hospital)

बालबालिका तथा किशोरकिशोरीको उमेरमा बनेका खानपानका बानीहरू पछिसम्म कायम रहन सक्छन् । WHO का अनुसार बाल्यकाल र किशोरावस्थामा स्थापित खानपानसम्बन्धी व्यवहार वयस्क अवस्थासम्म निरन्तर रहन सक्ने भएकाले यही उमेरमा स्वस्थ खानपानको संस्कार विकास गर्नु महत्वपूर्ण हुन्छ ।

चुडाकर्म होस या विवाह, वर्थ डे होस या बर्षगाँठ, कुनै रिजल्ट्मा पास होस या बाइक किन्दा होस या कुनै किसिमको पार्टी वा साथीहरु जम्का भेटमा मासु र रक्सी नभएको पार्टी वा खाजा त श्राद्धको खाना खाए जस्तै अनुभूत हुन्छ अचेल ।

विद्यालय वरपर सहजै पाइने प्याकेटका खानेकुरा, चिनी धेरै भएका पेय पदार्थ तथा विभिन्न फास्ट फुडको आकर्षणले बालबालिकाको रोजाइमा पनि प्रभाव पार्न सक्छ । विज्ञापन र बजारको पहुँचले समेत बालबालिकाको खानेकुरा रोज्ने व्यवहारलाई प्रभावित गर्न सक्ने WHO ले उल्लेख गरेको छ ।

त्यसैले जंक फुडको विषयलाई केवल ‘केटाकेटीले के खान्छन् ?’ भन्ने प्रश्नका रूपमा होइन, ‘भोलिको पुस्ताको स्वास्थ्य कस्तो बनाउने ?’ भन्ने सार्वजनिक स्वास्थ्यको प्रश्नका रूपमा हेर्न आवश्यक छ ।

स्वादको तत्कालीन आनन्द, स्वास्थ्यको दीर्घकालीन मूल्य

जंक फुड आफैमा कुनै एक पटक खाँदैमा रोग निम्त्याउने वस्तुका रूपमा बुझ्नु हुँदैन । समस्या यसको बारम्बार, अत्यधिक र सन्तुलित आहारको स्थानमा प्रयोग हुनु हो, तर जन्क फुड सकेसम्म नखाएकै राम्रो नखानु पनि एक नियमित बानी बनाउन सक्नु पनि त्याग, तपस्या जस्तै हो ।

नुन, चिनी र अस्वस्थकर बोसो बढी भएका खानेकुराको नियमित सेवनसँगै फलफूल, तरकारी, दाल, गेडागुडी तथा अन्य पोषिलो खाद्यपदार्थको सेवन कम हुनु र शारीरिक गतिविधि घट्नुले समग्र स्वास्थ्य जोखिम बढाउन सक्छ । WHO ले स्वस्थ आहारको आधारका रूपमा कम प्रशोधित वा अप्रशोधित खाद्यपदार्थ, पर्याप्त विविधता र कम अस्वस्थकर बोसो, नुन तथा मुक्त चिनी भएको आहारलाई जोड दिएको छ।

समाधान घरबाटै सुरु हुनुपर्छ

नसर्ने रोगको जोखिम घटाउन सबै जिम्मेवारी स्वास्थ्य संस्थामाथि मात्र राखेर पुग्दैन । परिवार, विद्यालय, स्थानीय सरकार, खाद्य व्यवसायी तथा सञ्चारमाध्यम सबैको भूमिका आवश्यक हुन्छ ।

अभिभावकले बालबालिकाको खानपानमा नियन्त्रण मात्र होइन, स्वस्थ विकल्प उपलब्ध गराउने वातावरण बनाउनुपर्छ । विद्यालयमा पोषणयुक्त खाना तथा सुरक्षित खानेपानीको व्यवस्था, विद्यालय परिसर वरपर अस्वस्थकर खानेकुराको सहज पहुँच घटाउने पहल र नियमित शारीरिक गतिविधिलाई प्राथमिकता दिन सकिन्छ ।

त्यस्तै, खाद्य पदार्थमा पोषणसम्बन्धी स्पष्ट जानकारी, नुन-चिनी–अस्वस्थकर बोसोको मात्रा घटाउने प्रयास तथा बालबालिकालाई लक्षित अस्वस्थकर खाद्य पदार्थको प्रचारप्रसार नियन्त्रण गर्ने नीति आवश्यक देखिन्छ । WHO ले पनि बालबालिकालाई लक्षित गरी बोसो, चिनी र नुन बढी भएका खाद्य तथा पेय पदार्थको मार्केटिङमा नियन्त्रण तथा विद्यालयलगायत सार्वजनिक संस्थामा स्वस्थ खाना उपलब्ध गराउन जोड दिएको छ ।

जनस्वास्थ्यकर्मीको सन्देश

जनस्वास्थ्यको दृष्टिले जंक फुडको समस्या एउटा व्यक्तिको खानपानको रोजाइ मात्र होइन,बदलिँदो जीवनशैली र खाद्य वातावरणसँग जोडिएको विषय हो । आजको पुस्तालाई ‘जंक फुड नखाऊ’ भनेर मात्र पुग्दैन; स्वस्थ खाना सजिलै उपलब्ध हुने, किफायती हुने र आकर्षक विकल्प बन्ने वातावरण सिर्जना गर्नुपर्छ ।

नसर्ने रोग लागेपछि उपचार गर्नुभन्दा यसको जोखिम कारकलाई सुरुदेखि नै कम गर्नु बढी प्रभावकारी हुन्छ । त्यसैले घरको भान्सादेखि विद्यालयको क्यान्टिनसम्म र बजारदेखि स्थानीय सरकारको नीतिसम्म स्वस्थ खानपानलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

आजको प्लेटमा के राखिन्छ भन्ने निर्णयले भोलिको स्वास्थ्यको दिशा निर्धारण गर्न सक्छ। स्वाद रोज्दा स्वास्थ्य नबिर्सौं ।

लेखक : वेदप्रकाश जोशी

जनस्वास्थ्य निरीक्षक

हाल कार्यरत गोदावरी आधारभूत स्वास्थ्य सेवा केन्द्र,गोदावरी नगरपालिका–११, कैलाली

 

बुधबार, असोज ०७, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम
यस्तो छ आजको मौसम पूर्वानुमान
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ५० हजार भन्दा बढीले लगाए खोप
मुक्त कमैयाको समस्या समाधानका लागि बजेटमै आवश्यक व्यवस्था गर्छौँ : मुख्यमन्त्री भट्ट
सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

समाचार

सबै

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.