धनगढी । धनगढीस्थित एकीकृत सामुदायिक विकास केन्द्र सुदूरपश्चिमै एकमात्रै डायग्नोष्टिक रेडियोग्राफी(रेडियोलोजी/रेडियोग्राफी) अध्यापन गराउने संस्था हो ।
यसले रेडियोग्राफीको तीन वर्षे डिप्लोमा कोर्षको अध्यापन गर्दै आएको छ । यस केन्द्रमा पहिलो व्याचमा २६ जना,दोस्रो व्याचमा २० र यस वर्षको नयाँमा १८ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका कलेज प्रमुख डा.नरबहादुर बुढाले जानकारी दिए ।
उनले यो कार्यक्रम विद्यार्थीको भविष्यका लागि राम्रो भएको बताउँदै अभिभावकले पनि यसको बारेमा बुझेर आफ्ना बालबालिकाको भविष्य सुनश्चित गर्न आग्रह गरे ।
उनले भने ‘रेडियोलोजीको स्कोप छ । यसको पढाइ एकदमै कम ठाउँमा हुन्छ । सुदूरपश्चिमै यो एउटै कलेज हो । रेडियोग्राफरको दरबन्दी सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थामा रिक्त छ । सरकारी निजी सबै स्वास्थ्य संस्थामा रोजगारीको अवसर छ ।’
उनले राम्रो नतिजा ल्याएर उत्र्तीण गरेर सुदूरपश्चिमै रोजगारी पाउन भन्ने कलेजको उदेश्य रहेको बताए । उनले कलेजमा शिक्षाको राम्रो वातावरण भएको बताउँदै यहाँ स्वास्थ्यका अनुभवी तथा उत्कृष्ट शिक्षबाट अध्यापन भइरहेको बताए ।
उनले भने ‘क्वालिटीमा कुनै कम्प्रोमाइज गरेका छैनौँ । शिक्षक विद्यार्थीलाई नजिकबाट मनिटर गर्छौँ । प्रत्येक महिना शिक्षक र विद्यार्थीलाई राखेर छलफल पनि गर्छौँ ।’
उनले यस्तो सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिन सबै अभिभावक विद्यार्थीमा अनुरोध समेत गरे । ल्याव,वातानुकुलित कक्षा रहेको बताउँदै कलेजका कार्यक्रम सीटीईभीटीबाट सम्बन्धन प्राप्त रहेको बताए ।













