• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित

रमेश केसी

धनगढी । बझाङका १२ वटै स्थानीय तह र विषयगत सरकारी कार्यालयलाई स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्दै उत्पादन र रोजगारी सिर्जना गर्ने ठूला आयोजनामा लगानी केन्द्रित गर्न जिल्ला सभाले निर्देशन दिएको छ ।

सदरमुकाम चैनपुरमा सम्पन्न १०औँ जिल्ला सभा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठीले पूर्वाधार विकासका नाममा बिना तयारी सडक निर्माण गर्ने र मानवीय विकासका क्षेत्रलाई ओझेलमा पार्ने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो ।

जिल्ला सभाले बजेटको अनुपातमा आयोजना संख्या अत्यधिक बढाउने, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनबिना सडक निर्माण गर्ने प्रवृत्तिले वातावरणीय क्षति बढाएको निष्कर्ष निकालेको छ । प्राविधिक जनशक्तिको अभाव, पूँजीगत खर्च घट्दै चालु खर्च बढिरहेको अवस्थाका कारण अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै सभाले जिल्लाको समग्र रूपान्तरणका लागि १६ बुँदे निर्णय गरेको छ ।

विगतका निर्णयलाई निरन्तरता दिँदै तिब्बत नाका खोल्न तथा सहज आवागमनका लागि कूटनीतिक र राजनीतिक पहल गर्न संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्वको चैनपुर–ताक्लाकोट सडकअन्तर्गत धुलीदेखि ताक्लाकोटसम्म सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन गराउन पनि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

जिल्ला अस्पताल बझाङलाई ५० शय्यामा स्तरोन्नति गर्न संघ तथा प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिएको छ । भवन अभाव झेलिरहेको जिल्ला आयुर्वेद अस्पतालका लागि नयाँ भवन निर्माण तथा तटबन्धका लागि समेत आवश्यक पहल गरिने भएको छ ।

जिल्लाका सबै १२ स्थानीय तहमा विद्युत् सेवा विस्तारका लागि ४०० केभीए प्रसारण लाइन तथा बागथला सब–स्टेसन निर्माणको काम तीव्र पार्न सम्बन्धित निकायलाई ताकेता गर्ने निर्णय गरिएको छ । सञ्चार टावरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गरी नेपाल दूरसञ्चार प्राधिकरणमार्फत २४ सै घण्टा इन्टरनेट सेवा विस्तार गर्न सञ्चार मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

जिल्लाको सेवा प्रवाह सहज बनाउन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र भू–संरक्षण कार्यालय बझाङमै स्थापना गर्न प्रदेश सरकारसँग माग गर्ने तथा सहरी विकास, करदाता सेवा र सडक डिभिजन कार्यालय स्थापना गर्न संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

सामाजिक क्षेत्रमा महिला तथा लैङ्गिक हिंसा, बालविवाह, छाउपडी प्रथा र जातीय विभेदजस्ता सामाजिक कुरीति २०८५ सालसम्म पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिइएको छ । अवैध तथा न्यून गुणस्तरको मदिरा सेवनका कारण घरेलु हिंसा, आत्महत्या र अकाल मृत्युका घटना बढेको भन्दै यसको नियन्त्रण तथा नियमनका लागि १२ वटै स्थानीय तहले तत्काल कार्यविधि बनाएर लागू गर्न निर्देशन दिइएको छ ।

चैनपुरस्थित महिला सुरक्षित आवासगृह तथा एकद्वार संकट व्यवस्थापन केन्द्रलाई निरन्तरता दिने निर्णय पनि जिल्ला सभाले गरेको छ ।

भौतिक पूर्वाधारतर्फ जयपृथ्वी राजमार्ग स्तरोन्नति, बझाङको एकमात्र विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन तथा चैनपुर–ताक्लाकोट र खुटिया–दीपायल–चैनपुर–उरै भञ्ज्याङ सडक निर्माणका लागि बजेट माग गर्ने निर्णय गरिएको छ। पौडी, सानीगाड, धौलीगाड र लोछीबगडलगायत रणनीतिक महत्वका पुल निर्माणका लागि पनि आवश्यक बजेट माग गरिने भएको छ ।

बाढीको उच्च जोखिममा रहेको सदरमुकाम चैनपुरलाई सुरक्षित गर्न सेती नदी र बाहुली खोलाको किनारमा आरसीसी तटबन्ध निर्माण गर्न संघ तथा प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी यज्ञराज खत्रीले बताए ।

कृषितर्फ बझाङलाई ‘ओखर तथा टिमुर पकेट जिल्ला’ घोषणा गर्न तथा भेडा–बाख्रापालन प्रवद्र्धनका लागि प्रदेश सरकारसँग अनुदान माग गर्ने निर्णय गरिएको छ । पर्यटनतर्फ सेती नदीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरिने भएको छ ।

यसैगरी, विपद् व्यवस्थापनको पूर्वतयारी, बिसौना प्रहरी चौकी भवन निर्माण, ऐतिहासिक भोपुर दरबारको जीर्णोद्धार तथा बुङ्गल, छविसपाथिभेरा र खप्तडछान्नामा खेलमैदान निर्माणका लागि जिल्ला समन्वय समिति बझाङले आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।

१०औँ जिल्ला सभा तथा वार्षिक समीक्षा गोष्ठीको प्रमुख अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य तथा सचेतक ऐन महर सहभागी भएका थिए ।

  • बजेट
मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा भरुवा बन्दुक बरामद
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

समाचार

सबै

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

डोटीमा भरुवा बन्दुक बरामद

भन्सार छलीका सामान नियन्त्रणमा

यस्तो छ आजको मौसम पूर्वानुमान

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.