धनगढी । डोटीमा प्रहरीले सवारी ज्यान मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला अदालत डोटीको २०८३ असार ३० गतेको फैसलाले सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.५ हजार जरिवाना तोकिएका अछामको मङ्गलसेन नगरपालिका-५ भाटवडा बस्ने ४० वर्षीय देवराज भाटलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भाटलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो दिपायल सिलगढी नगरपालिका-६ नाचनथलीबाट पक्राउ गरेको जनाएको छ ।















