धनगढी। नेपाली बियर बजारमा नयाँ प्रिमियम उत्पादन ‘ठमेल’ बियर सार्वजनिक भएको छ । सीजी ब्रुअरीले हप्स थप्ने ड्राई हपिङ प्रविधि प्रयोग गरी यो बियर बजारमा ल्याएको हो ।
ड्राई हपिङ प्रविधिले बियरमा हप्सको सुगन्ध र स्वादलाई थप प्रभावकारी बनाउने बताइएको छ । कम्पनीका अनुसार यसबाट बियरमा फ्लोरल तथा सिट्रस सुगन्ध आउने र अत्यधिक तितोपन नरहने विशेषता हुन्छ ।
‘ठमेल’लाई क्रिस्पी स्वाद र क्लिन फिनिस भएको लागरका रूपमा प्रस्तुत गरिएको छ । परम्परागत लागरभन्दा फरक स्वाद र सुगन्ध खोज्ने उपभोक्तालाई लक्षित गर्दै नयाँ उत्पादन बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।
नयाँ बियरको नाम र प्याकेजिङ भने काठमाडौंको चर्चित पर्यटकीय तथा मनोरञ्जन क्षेत्र ठमेलबाट प्रेरित छ । ठमेलको जीवन्त वातावरण, ऊर्जा र विविध अनुभवलाई उत्पादनसँग जोड्ने उद्देश्यले ब्रान्डको नाम ‘ठमेल’ राखिएको कम्पनीको भनाइ छ ।
ठमेल बियरका प्रमुख कार्यकारी अधिकृत वैभव शर्माले नेपाली उपभोक्तामाझ नयाँ स्वाद र अनुभव प्रस्तुत गर्ने उद्देश्यले उत्पादन बजारमा ल्याइएको बताए । उनका अनुसार ठमेल केवल एउटा स्थानको नाम नभई काठमाडौंको पर्यटन, मनोरञ्जन र जीवनशैलीसँग जोडिएको पहिचान भएकाले त्यसैलाई बियरको ब्रान्डसँग जोडिएको हो ।
‘ठमेल’ बियर ६५० मिलिलिटर र ३३० मिलिलिटरका बोतलमा उपलब्ध छ । ६५० मिलिलिटरको बोतलको मूल्य ४५० रुपैयाँ तथा ३३० मिलिलिटरको मूल्य २३० रुपैयाँ तोकिएको छ ।
हाल यो बियर काठमाडौं, पोखरा, बुटवल, भैरहवा, धरान र धनगढी सहितका शहरहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । बजारमा उपभोक्ताको प्रतिक्रिया र मागका आधारमा आगामी दिनमा देशका अन्य शहरमा समेत यसको वितरण विस्तार गर्ने योजना कम्पनीको छ । धनगढीका लागि पश्चिम नेपाल सप्लायर्स यसको आधिकारिक विक्रेता रहेको कम्पनीले जनाएको छ ।
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
ड्राई हपिङ प्रविधिको नयाँ स्वादसहित ‘ठमेल’ बियर बजारमा
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार















