धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले पत्रकारको निःशुल्क आँखा चेकजाँच गरेको छ ।पत्रकार महासंघको ६९ औँ स्थापना दिवसको अवसरमा सुदृष्टि आँखा केन्द्रले १२ जना पत्रकारको निःशुल्क आँखा चेकजाँच गरेको हो ।
चेकजाँचका क्रममा पत्रकारहरूलाई चश्मामा १५ प्रतिशत र सनग्लासमा २० प्रतिशत छुट दिइएको सुदृष्टि आँखा केन्द्रकी डा. सावित्री भट्टले बताइन् । उनले पत्रकारलाई अन्य दिनमा पनि विशेष छुट दिने व्यवस्था रहेको बताइन् । सो अवसरमा धनगढी लगायत अन्य क्षेत्रमा कार्यरत पत्रकारहरूले पनि आँखा चेकजाँच गरेका थिए ।













