धनगढी । कैलालीमा विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला अदालत कैलालीको विभिन्न मितिको फैसलाले सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई बिहीबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ६ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-३ का ३४ वर्षीय बुधराम थारु रहेका छन् ।
त्यस्तै, बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका-५ का ३० वर्षीय प्रदिपकुमार चौधरी पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।।
प्रहरीले उनीहरूलाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।























