धनगढी- कैलाली क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अघि देखिएका छन् । हाल सम्म ४४ हजार ८३४ मत गणना भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीको १६ हजार ६९३ मत पाएर अघि बढेका छन् ।
नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १२ हजार ६९८, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ७ हजार ४७४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ६ हजार ३४२ मत छ । यस्तै यस क्षेत्रमा ३ हजार २१२ मत बदर भएका छन्।














