धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाममा खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।
शिवपुरी युवा क्लबको आयोजनामा यही मङ्सिर २२ गतेदेखि २४ गते सम्म खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।
भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २० हजार, द्धितिय पुरस्कार १० हजार रहेको शिवपुरी युवा क्लबका सचिव विष्णु खड्काले बताए । दर्ता शुल्क तीन हजार रहेको आयोजकले जनाएको छ ।















