धनगढी- कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका १ पशुपति टोलमा जारी १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज (बिहिवार) चर्चित गायक प्रमोद खरेल र लोक पप गायक चेतन बोहरा आउँदै छन् ।
महोत्सवको आठौँ दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए । बिहिबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवर बताए । महोत्सवमा सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीहरुलाई ५० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ।














