• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

धनगढीको नेपथ्य कन्सर्टमा द्वन्द्वकालको सुदूरपश्चिम सम्झना

  •   सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

धनगढी- जताततै जंगलको हरियाली अनि पर–परसम्म फराकिला खेतहरूमा पहेँलपुर तोरी झुलिरहेका देखिन्छन् । अन्यत्र पुसको ठिही सुरु भइसक्दा पनि कैलाली भने यतिबेला असाध्यै अनुकूल हावापानीमा रमाइरहेको छ । यो अनुकूलता उहिले द्वन्द्वकाल र भर्खरैको कोभिड महामारीपछि चैनको स्वास फेरिरहेको यस सिमावर्ती भेगमा धेरै हिसाबले महसुस गर्न सकिन्छ ।

शहरकै एउटा कुनामा चलिरहेको ‘सुदूरपश्चिम महोत्सव’ले पनि मधुर माहोल बनाइरहेकै छ । यसैबीच नेपथ्यले ‘मानवताको लागि संगीत’ नारा बोकेर देशभर भ्रमण गरिरहँदा आइतबार धनगढीमा आयोजित छैठौँ कन्सर्ट पनि भव्य रूपले सम्पन्न भएको छ । द्वन्द्वकालमा बाहिरका मानिस आउन संकोच मान्दा पनि बारम्बार यस भेगमा आएर गीत सुनाउने नेपथ्यको चीर परिचित ध्वनी आइतबार बेलुकी फेरि यहाँस्थित रंगशालामा फैलिँदा हजारौँ दर्शकहरूको उत्साह मिश्रित आवाजले पर–परसम्म प्रभाव फैलिरहेको देखिन्थ्यो ।

सुरुमा दुईवटा म्यूजिक भिडियो देखाउनासाथ मञ्चमा चढेको नेपथ्य टोलीले ‘आँगनैभरि हिउँनै झरे’ बाट धनगढीमा आफूलाई प्रारम्भ गर्‍यो । दोश्रो गीत थियो ‘भेँडाको ऊनजस्तो’। यो गीतबाटै मैदानमा नाचिरहेका दर्शकहरूबीच तापक्रम उच्च भइसकेको थियो भने त्यसलाई निरन्तरता दिँदै ब्याण्डले ‘छेक्यो छेक्यो’ सुनाएको थियो । ब्याण्डको दोश्रो एल्बम ‘हिमाल चुचुरे’मा अटाएको यो सर्वकालीक हिट गीतलाई देशभरिका श्रोताजस्तै धनगढीले पनि व्यापक स्वागत गर्‍यो ।

त्यसपछि एकैछिन गाउने क्रमलाई थामेर ब्याण्डका मुख्य गायक अमृत गुरुङले दर्शकलाई स्वागत गरेका थिए । ‘तपाईंहरूको धनगढीमा बस्दा मलाई मेरै भेगको याद आइरहेको छ । अब रोदीघरहरू तिर लैजान्छु’ भन्दै उनले ‘लामपाते सुरती’ प्रस्तुत गरे । त्यसपछि भने ‘मीन पचास’ एल्बमका उत्तिकै लोकप्रिय गीतहरू ‘चरि मर्‍यो’ र ‘जोमसोमे बजारमा’ प्रस्तुत गरिएको थियो । ‘नेपालभरि म जहाँ पुगेँ त्यहाँ सुन्दरता पाएँ,’ अमृतले थपे, ‘अब यो कैलालीजस्तै अर्को राम्रो ठाउँ रुकुमतिर लैजान्छु ।’

यसो भनेपछि उनले पछिल्लो समय नेपथ्यले तयार पारेको अर्को लोकप्रिय गीत ‘शिरफूल शिरैमा’ गाएर सुनाएका थिए ।कार्यक्रम अवधिभर गायक गुरुङले पटक पटक मानवसेवा आश्रमको उद्देश्यबारे बोले । ब्याण्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितहरूको तस्वीरसहितका दृश्यहरूबाट प्रस्तुत गरिएको थियो । ‘धनै धन भएर यो ठाउँलाई धनगढी भनेको रे होरु’ प्रश्न गरिसकेपछि उनी अगाडि भन्दै थिए, ‘त्यो धनमा मन मिसाएर खुला हृदयले मानवताको सेवा गरौँ है ।’

गायक गुरुङले चुनावपछि फेरि समाजमा एकताको आह्वान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क पनि राखेका थिए । कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो । उनी थिए धनगढी ४ का सिद्धराज पनेरु । ‘मैले यसअघि पनि नेपथ्यको कन्सर्ट हेरेको थिएँ,’ उनले थपे, ‘यसपाला मानवसेवाको पवित्र उद्देश्य लिएर यो कार्यक्रम आयोजना भएकाले झनै रमाइलो लागिरहेको छ ।’

कन्सर्टको अन्त्यतिर ‘गाउँ गाउँबाट उठ’ गाउन सुरु गरेपछि धनगढी रंगशालामा भएभरका दर्शकहरूको खुट्टा बज्रिन थाल्यो । त्यसले मैदानमा जमेका धुलो उडेर आकाश छेक्लाजस्तै गरि फैलिएको देखिन्थ्यो । ‘हामीले ठूलो लडाइँ देख्यौँ । यो धनगढीमा उतिबेला आउँदा सर्वसाधारण त्रासमा बाँचेका थिए । संसार फेर्छु भन्नेहरू आफैँ फेरिएको पनि देखियो । अब त्यस्तो लडाइँ देख्नु नपरोस् ।’ अमृतले धुनकै बीच यी वाक्यहरू बोलेका थिए जसमा दर्शकहरूले ठूलो आवाजका साथ समर्थन जनाएको देखिन्थ्यो ।

मञ्चमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए । अमृतले सबै साथीहरूको क्रमैसँग परिचय गराए । त्यसपछिको गीत थियोः ‘मै नाचे छमछमी’ यसले दर्शकहरूको सांगीतिक उत्तेजनालाई पराकाष्ठामा लगिसकेको थियो । त्यही मौका पारेर अमृतले सोधेः ‘अब कुन गीत सुन्नेरु’

मैदानमा भएभरका दर्शकहरूले एक स्वरबाट ‘रेशम’ भन्दै चिच्याउन थाले । यसरी ‘रेशम’ र त्यसपछि पनि दर्शककै फर्माइसमा ‘तालको पानी’ गाएर सुनाइएको थियो । ‘बाँचुन्जेलको मात्र यो जीवनमा बाँचेकै बेला सत्कर्म गरौँ,’ अमृतले फेरि पनि परोपकारका निम्ति दर्शकहरूलाई प्रोत्साहित गर्दै ठूलो दर्शक प्रतिक्रियाकै बीच भने, ‘धनगढीको यो आवाजलाई मैले मानव मन्दिर निर्माणमा प्रतिवद्धता ठानेको छु है ।’

अन्त्यमा भने सँधैजस्तै नेपथ्यले ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेको थियो । त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शकहरू जताततै राष्ट्रिय झण्डा बोकेर नृत्य गरिरहेको देखिन्थ्यो । संगीतका साथै मानवता प्रवद्र्धनकालागि नेपथ्यको यो कन्सर्ट धनगढीमा पनि सफलताका साथ सम्पन्न भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।

‘धनगढीको कन्सर्टमा भव्य उपस्थितिले मनोरञ्जन र परोपकार दुवैमा सरिक हुन चाहने यस शहरका सहृदयीहरूको पहिचान पनि स्थापित गरेको छ,’ अधिकारीले थपे, ‘यसैगरि मुलुकका अन्य भागमा निरन्तर चल्ने कन्सर्टहरूलाई पनि त्यहाँका मानवताप्रेमी श्रोता दर्शकहरूले सफल बनाउने विश्वास लिएको छु ।’

  • धनगढीको नेपथ्य
सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.