काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख तीन हजार नौ सय तोकिएको छ । उक्त सुन हिजो प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार चार सय पुगेकामा अघिल्लो दिन एक लाख दुई हजार नौ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटी एक हजार तीन सय ६५ कायम भएको महासङ्घले जनाएको छ ।























