दैलेख । दैलेखको पाल्तडामा गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । मंगलबार कर्णाली राजमार्गअन्तर्गत दैलेखको पाल्तडामा गाडी दुर्घटना भएको हो ।
सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वरप्रसाद शाहले जानकारी दिए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













