काठमाडौं निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारमाथि परेको उजुरीको आजदेखि छानविन गर्दैछ। उम्मेदवारका मनोनयनपत्र र उजुरीमाथि आज र भोलि जाँचबुझ हुने कार्यतालिका रहेको आयोगले जनाएको छ।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिका लिग यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने समय दिइएको थियो। यस्तै आयोगले मंगलबार उम्मेदवारमाथि उजुरी दिन सकिने व्यवस्था गरेको थियो।
१५ गते मनोनयन भएको उम्मेदवारको नामावाली प्रकाशन गर्ने, १६ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। वैशाख १७ गते उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् ।













