काठमाडौं सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेका छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ ।














