• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कैलालीमा गठबन्धन गर्दा मुख्यपदमा महिला उपेक्षित

  •   बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित

धनगढी– कैलालीमा सत्तारुढ गठबन्धन दलहरुले उम्मेदवार उठाउँदा प्रमुख तथा उपप्रमुखपदमा महिलाहरुलाई पाखा लगाएका छन् । एउटै दलबाट उम्मेदवार बनाउँदा मुख्य पदमा कम्तीमा एकजना महिला हुनैपर्ने प्रावधानलाई गठबन्धनबाट उम्मेदवार छनौट गर्दा लत्याइएको हो ।

कैलालीमा तीन दलीय गठबन्धनबाट आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्दै दलहरुले यहाँका १३ वटा पालिकामध्ये एउटा पालिकामा मात्रै महिलालाई मेयरको उम्मेदवार बनाएका छन् । यसअघिको निर्वाचनमा १३ वटै स्थानीय तहमा उपप्रमुख महिला रहेकोमा यसपाली गठबन्धनले ६ वटा पालिकामा मात्रै महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको छ ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मात्रै कैलालीमा गठबन्धन भएको छ । लम्कीचुहा नगरपालिकामा मात्रै कांग्रेसबाट प्रमुख पदमा सुशिला शाही उम्मेदवार रहेकी छन् ।
गठबन्धनले माओवादीबाट उपप्रमुखमा शान्ति अधिकारी र जानकी सिंह तथा एकीकृत समाजवादीबाट रत्ना कडायत र नेपाली काँग्रेसबाट धना थापा, भगवतीकुमारी चौधरी र गुलियादेवी चौधरीलाई उम्मेदवार बनाएको छ ।

बुधवार एक विज्ञप्तिमार्फत गठबन्धनले आधिकारिक उम्मेदवारको नाम सार्वजनिक गर्दै धनगढी उपमहानगरपालिकामा मेयर पद काँग्रेसलाई र उपमेयर माओवादीलाई भागबण्डा गरेको जनाएको छ ।

तीनदलीय गठबन्धनबाट धनगढीको मेयरमा कांग्रेसका नृपबहादुर वड पुनः दोहोरिएका छन् । अघिल्लो चुनावमामा ओवादीबाट उपमेयरमा लडेर पराजय ब्यहोरेकी शान्ति अधिकारीले यसपल्ट गठबन्धनबाट पुनः उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा काँग्रेसका वीरेन्द्र भट्ट र उपमेयरमा एकीकृत समाजवादीकी रत्ना कडायतले उम्मेदवारी दर्ता गराएका छन् । भट्ट यसअघिको निर्वाचनमा एमालेका उम्मेदवार हरिसिंह साउँदसँग पराजित भएका थिए भने कडायतले एमालेबाट उपमेयरमा जित हासिल गरेकी थिइन् ।

गठबन्धनले घोडाघोडी नगरपालिकामा एकीकृत समाजवादीका तर्फबाट खडक रावतलाई नगर प्रमुखको उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसबाट गुलिया देवी चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

नेपालीकांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टकाअनुसार लम्कीचुहा नगरपालिकामा काँग्रेसबाट सुशीला शाहीलाई गठबन्धनले उम्मेदवार बनाएको छ भने माओवादीकी जानकी सिंहले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रले मेयर र काँग्रेसले उपमेयर पद पाएको छ । गठबन्धनले यहाँ माओवादी केन्द्रका तर्फबाट देवदत्त कँडेललाई मेयर र भोजबहादुर बमलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

टिकापुर नगरपालिकामा काँग्रेसबाट नवराज रावललाई मेयर र खडक शाहीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । भजनी नगरपालिकामा माओवादीका तर्फबाट शेरबहादुर चौधरीलाई मेयर र कांग्रेसका तर्फबाट गोकेन्द्र भण्डारीलाई उपमेयरको उम्मेदवार बनाइएको हो ।

चुरे गाउँपालिकाको मेयरमा समाजवादीबाट लोकबहादुर सारुमगर अध्यक्ष र धना थापा काँग्रेसबाट उपाध्यक्षको उम्मेदवार बनाइएको छ । जानकी गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट परशुराम महतो कठरियालाई अध्यक्ष र जयप्रकाश दहितलाई माओवादीका तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएका हो । जोशीपुर गाउँपालिकामा काँग्रेसका तर्फबाट बशराम कठरियालाई अध्यक्षको उम्मेदवार बनाउँदा माओवादी केन्द्रबाट उपाध्यक्षमा दीर्घ विनाडीलाई आधिकारिक उम्मेदवार बनाइएको छ ।

यस्तै कैलारी गाउँपालिकाको अध्यक्ष पदको लागि माओवादीबाट लाजुराम चौधरी र उपाध्यक्षका लागि काँग्रेसबाट भगवतीकुमारी चौधरीलाई आधिकारिक उम्मेदवार बनाइएको हो । मोहन्याल गाउँपालिकाको अध्यक्ष पदका लागि माओवादी केन्द्रबाट देवीदत्त उपाध्याय र काँग्रेसबाट कमलबहादुर साउदलाई अध्यक्ष तथा उपाध्यक्षको आधिकारिक उम्मेदवार बनाइएको हो ।

वर्दगोरिया गाउँपालिकाको अध्यक्ष पदकालागि काँग्रेसबाट शेरबहादुर कठरिया र उपाध्यक्षका लागि गणेश गिरीलाई माओवादीका तर्फबाट आधिकारिक उम्मेदवार बनाएको हो । तीन दलीय गठबन्धनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । यस्तै गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पनि आग्रह गरेको छ ।

No description available.

  • महिला उपेक्षित
बुधबार, बैशाख १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.