• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रोचक घोषणापत्र : हेलिकप्टरबाट बीउ छर्नेदेखि जनताको घरमा दशैँ मनाइदिने

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

डडेल्धुरा – डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार खडक ठकुराठीको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्वतन्त्र उम्मेदवार ठकुराठीले घोषणापत्रमा हेलिकोप्ट रबाट बीउ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दशैँ मनाउने सम्मका कार्यक्रम समेटेपछि उनको घोषणापत्र भाइरल बनेको हो।

ठकुराठीले आफ्नो घोषणापत्रमा ८ वटा बुँदा समेटेका छन्। उनले दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकता पूर्ति गरी आवश्यक संरचना बनाएर गाउँपालिकालाई नगरपालिकामा घोषणा गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘गाउँपालिकाको जनसंख्या बढ्दै गइरहेको छ। नगरपालिका मात्रै होइन विकास गर्दै जाने हो भने महानगर नै बनाउन सकिन्छ नि हजुर,’ उनले भने। गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्षभित्रमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाइने उनको घोषणापत्रमा उल्लेख छ।

उनले चितवनमा चलेजस्तै यहाँको महाकाली नदीको पानीमा जहाज चलाउन सकिने दाबी गरे। ‘महाकाली नदीमा जहाज चलाउने जायज हो। चितवनमा जसरी चलेको छ, त्यसैगरी यहाँ पनि चलाउन सकिन्छ,’ उनले भने, ‘भारतसँगको सीमा गैरीबगडदेखि परशुरामसम्म निकै समथल छ। त्यहाँ मज्जाले पानी जहाज चलाउन सकिन्छ।’

जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई आनन्दित जनताहरूलाई ३ सय ६५ दिन नै दशैँ मनाउने वातावरण मिलाउने उनले वाचा गरेका छन्।उनले कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वरको खेतीयोग्य जमिनमा मौसमअनुसार हेलिकप्टरबाट बीउ छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइने जनाए।

निर्वाचन अधिकृतको कार्यालयबाट पुतली चिह्न पाएर चुनावी प्रचार–प्रसारमा होमिएका ठकुराठीले जनताको स्वास्थ्य प्रति प्रतिबद्ध रही पशुपालन तथा कृषिमा टेवा पुग्ने उद्देश्यले गाई, भैँसी तथा बाख्राहरूलाई समेत अस्पतालमा सुत्केरी हुने व्यवस्था गराइने पनि घोषणापमत्रमा उल्लेख गरेका छन्।

यसैगरी उनले टप्वाको डाँडादेखि भागेश्वोर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने तथा बेरोजगार युवालाई भत्ताका साथै सीपमूलक तालिम प्रदान गर्ने बताए।

उनको चुनावी नारा ‘हर–हर ठकुराठी, घर–घर ठकुराठी’ छ। उनले आफू अहिले घरदैलो अभियानमा व्यस्त रहेको बताए। ३४ वर्षीय पूर्व सशस्त्र प्रहरीका जवानसमेत रहेका ठकुराठी चुनाव जित्नेमा विश्वस्त छन्।

यसका साथै उनले घोषणापत्रमा समेटिएका विषयहरू आफूले पाँच वर्षमा पूरा गर्ने दाबी गरे। ‘यी सबै कुराहरू मैले गर्ने होइन। राज्यले गर्ने हो। सबै कुरा हुन्छ,’ उनले भने, ‘पहिले हाम्रो रुपालमा सडक थिएन। प्रधानमन्त्री शेरबहादुर देउवालाई हामीले १० पटकसम्म त ज्ञापनपत्र नै बुझायौँ। अहिले यहाँ सडक बनेको छ। विकास विस्तारै हुन्छ। मैले भनेको कुराहरू पनि हुन्छन्।’

उनले आफ्ना योजना देखेर मतदाता पनि खुशी रहेको बताए। ‘मेरो चुनावी एजेण्डाहरू यिनै हुन्। जनता खुशी छन्। यहाँका युवाहरूले मलाई र मेरा एजेण्डलाई रुचाएका छन्,’ उनले भने, ‘म एउटा गरिबको छोरा हूँ। मतदाताले दलहरूले केही गर्न सकेनन्, शासकहरू मात्रै आए भन्छन्।’

उनले आफू कुनै पार्टीको पनि सदस्य नरहेको दाबीसमेत गरेका छन्। उनले आफू जनताको मागअनुसार नै चुनावी मैदानमा उत्रिएको सुनाए। उनी जिल्ला सदरमुकाममा इलेक्ट्रोनिक सामान मर्मतको कामसमेत गर्छन्।

  • घोषणापत्र
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १५ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.