• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

ओडीआईमा नेपालको अहिलेसम्मकै उच्च स्कोर, पीएनजीलाई २९८ रनको लक्ष्य

  •   बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत अन्तिम शृखंलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजी लाई २९८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९।१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको हो । नेपालले ओडीआई क्रिकेटमा बनाएको यो अहिलेसम्मको ठूलो स्कोर हो । आसिफले एक दिवसीय क्रिकेट करिअरमा पहिलो सतक प्रहार गरेका हुन् ।

यसअघि कीर्तिपुरमै लिग टू मा नामिबिया विरुद्ध नेपालले ठूलो लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो । नेपालका लागि आसिफले ११० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए ।

दुबई टुरमा चोटका कारण यूएई विरुद्ध अन्तिम खेल गुमाएका कुशल भुर्तेलसँग ओपनिङ गरेका आसिफले पहिलो विकेटका लागि ११० रनकै साझेदारी गरेका थिए ।

उत्कृष्ट सुरुवात दिलाएपछि कुशल ४५ रन बनाएर आउट भए । उनले ५६ बल खेल्दै ६ चौका प्रहार गरे । ओडीआईमा नेपालको पहिलो विकेटका लागि यो दोस्रो शतकीय साझेदारी हो । यसअघि लिग टू अन्तर्गत गत वर्ष अमेरिकामा यो जोडीले ओमान विरुद्ध पहिलो विकेटका लागि ११४ रनको साझेदारी गरेका थिए ।

आसिफले यसै खेलबाट ओडीआईमा एक हजार रन पनि पूरा गरेका छन् । उनी कप्तान रोहित पौडेलपछि एक हजार रन पूरा गर्ने दोस्रो खेलाडी बने ।

७ सेप्टेम्बर २०२१ मा ओमानमा भएको ओडीआई शृखंलामा पीएनजी विरुद्ध नै डेब्यु गरेका आसिफले ३२ खेल खेल्दै १ शतक र ७ अर्धशतक मद्दतमा एक हजार २० रन बनाएका छन् । कप्तान रोहितले ४१ खेल खेल्दै नेपालका लागि सर्वाधिक १ हजार २०९ रन बनाएका छन् । उनले पनि १ शतक र ७ अर्धशतक नै प्रहार गरेका छन् ।

कुशल मल्ल २ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएपछि पीएनजी विरुद्ध आसिफ र रोहितले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । रोहितले ३९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ३० रन जोडे ।

आसिफ र रोहित एकै ओभरमा आउट हुँदा नेपालको रन गति रोकिएको थियो । ३८ औं ओभरमा पीएनजीका सेमो कमेओले आसिफलाई राइले हेकुरे र रोहितलाई टोनी उराबाट क्याचआउट गराए । दुई खेलाडी आउट हुँदा नेपालले ३८ ओभरमा २०८(५ थियो । त्यसपछि लगत्तै आएका दीपेन्द्र ७ रनमा रनआउट हुँदा नेपालले २२२ रनमा छैटौं विकेट गुमाएको थियो ।

दीपेन्द्र सिंह ऐरी ७ रनमा रनआउट भए । आरिफ शेख १५, करण केसी ८ र सन्दीप लामिछाने ७ रन बनाएर आउट भए । करण र सन्दीपले समान एक छक्का प्रहार गरे ।

डेथ ओभरमा लगातार विकेट गुमाएपछि नेपाल ५ बल अगावै अलआउट भयो । भीम सार्की अन्तिम ओभरमा आउट भए । उनले ३८ बल खेल्दै ४ चौका मद्दतमा ४४ रन बनाए ।

नेपालले अन्तिम १३ ओभरमा ७ विकेट गुमाएको थियो । एक समयमा ३०० रन पूरा गर्ने अवस्थामा रहेको नेपाल ५ बल अगावै रनआउट भयो । अहिलेसम्मकै ठूलो स्कोर बनाए पनि ब्याटरमा धैर्य नहुँदा र केही खराब सट खेल्दा अलआउट भयो ।

पीएनजीले फिल्डिङमा ८ क्याच ड्रप गर्दा नेपालका आसिफ शेख, कुशल भुर्तेल र रोहितकुमार पौडेलले जीवनदान पाएका थिए । पीएनजीका लागि सेमो कमेअले ९.१ ओभमा ३८ रन खर्चेर ५ विकेट लिए । यस्तै राइले हेकुरेको १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

नेपालले उत्कृष्ट सुरुवात गरिरहेको बेला पीएनजीका लागि राइले हेकुरेल नै साझेदारी तोड्दै सफलता दिलाएका थिए । १९औं ओभरमा कुशल भुर्तेललाई टोनी उराबाट क्याचआउट गराएका थिए । त्यसपछि उनले कुशल मल्ल र ज्ञानेन्द्र मल्ललाई लगातार आउट गर्दै सुरुवाती ३ विकेट लिए ।

३ विकेट गुमाएपछि आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स अघि बढाइरहेका बेला अमेअले ३८औं ओभरमा दुवैलाई आउट गरे । अलेइ नाओले १ विकेट लिए ।

  • ओडीआई
  • क्रिकेट
बिहिबार, फागुन २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.