धनगढी- धनगढी उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार नृपबहादुर वडले मतदान गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत वडा नम्बर ६ स्थित बासुदेवी माविको मतदान केन्दमा मतदान गरेका हुन् ।
निबर्तमान नगरप्रमुखसमेत रहेका वड दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । नगरप्रमुखमा वड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तीनै जनाले मतदान गरेका छन् ।













