धनगढी- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा मात्रै १८ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ६९४ जनाको कोरोना परिक्षण गर्दा १८ व्यक्तिमा संक्रमण पुष्टि भएको हो।
एन्टिजेन बिधिबाट ६७७ नमूनाको कारोना परिक्षण गर्दा १० र पीसीआर बिधिबाट १७ नमूनाको परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। प्रदेशमा सोमबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
पछिल्लो सयम सीमानाबाट भित्रिनेमा कोरोना संक्रमण देखिन थालेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गौरीफन्टा नाकामा ६, जुलाघाट नाकामा २, दार्चुलाको पुलघाट नाकामा एक जनामा कोरोना संक्रमण पुष्टि हो।













