• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरो सक्रियता उद्योगी व्यवसायीले बुझेका छन्, राम्रै मत पाउँछु : कुँवर

  •   शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

व्यापारिक पृष्ठभूमिमै जन्मिएका पुष्पराज कुँवर सुदूरपश्चिमका एक अग्रणी उद्योगी व्यवसायी हुन् । व्यापारिक क्षेत्रमा चार पुस्ता बिताइसकेको कुँवर परिवारले २०५३/५४ पछि पश्चिमका अन्य जिल्लामा पनि व्यापार विस्तार गर्यो । परिवारका सदस्यहरुले विभिन्न जिल्लामा व्यापार विस्तारको जिम्मेवारी लिए । अछाम, बाजुरा, कैलाली लगायतका जिल्लामा व्यापार विस्तार गरिएको छ । उनका दाईहरु, भतिजाहरु व्यापारिक क्षेत्रमै क्रियाशिल छन् । २०५९ बाट कैलालीमा विस्तार गरिएको व्यापारको जिम्मा पुष्पराजले लिए । अहिले उनले होटल व्यवसाय, खाद्यान्न व्यवसाय, निर्माण कम्पनी, एजेन्सी लगायत सम्हाली रहेका छन् ।

कैलालीमा व्यापार विस्तारपछि २०६३ सालदेखि उनी कैलाली उद्योग वाणिज्य संघको सदस्य बने । त्यस यता उनी निरन्तर सोही संस्थामा आवद्ध छन् । उनी सदस्यबाट कोषाध्यक्ष हुँदै संघको अध्यक्ष बने । अहिले उनी संघको अध्यक्षको दोस्रो कार्यकालमा छन् । पहिलो कार्यकालमा जिल्लाको अध्यक्ष हुँदै गर्दा उनी भुगोलबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत निर्वाचित भए । अहिले उनी महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट खुला कार्यकारिणी सदस्यको उम्मेदवार बनेका छन् । उम्मेदवारी घोषणापछि देश दौडाहामा निस्किएका कुँवरले उद्योगी व्यवसायीलाई आफूलाई सहयोग गर्न आग्रह गर्नुका साथै उनीहरुका समस्या पनि बुझिरहेका छन् । ताकि विजयी भएर महासंघमा पुग्दा उनीहरुका समस्या समाधानका लागि पहल गर्न सकियोस् । अहिले उनी मतदाता उद्योगी व्यवसायीहरुसंगै रहिरहँदा बिन्तीपत्र डटकमका सहसम्पादक पुस्कर पौडेलले कुराकानी गरेका छन् । प्रस्तुत छ, उम्मेदवार कुँवरसंग गरिएको कुराकानीको सम्पादित अंश :

जिल्ला र नगरको (खुल्ला तर्फ) बाट महासंघको कार्यकारिणी सदस्यमा उम्मेदवारी दिनुभएको छ । तपाईको उम्मेदवारी किन र केका लागि ?
पछिल्लो समय जिल्ला नगर संघमा व्यवसायीहरुले थुप्रै समस्याहरु झेल्नु परिरहेको छ । घरेलु तथा साना, मझौला उद्योग व्यवसायीहरुले यो समस्याहरुसंग जुध्नु परिरहेको छ । अनुगमनका नामबाट पनि स्थानीय तह, स्थानीय प्रशासनबाट व्यवसायीहरुमाथि ज्यादती भइरहेको छ । राज्य, बैंक, वित्तीय संस्थाहरुबाट पनि व्यवसायीहरुले समस्याहरु झेल्नु परिरहेको छ । विशेषगरि यी र यस्तै समस्याहरुको समाधानका लागि मेरो उम्मेदवारी हो ।


चुनावका बेला अधिकांश ठाउँमा उम्मेदवारहरु नपुग्ने गरेको अवस्था रहेछ । कतिपय ठाउँमा व्यवसायीका समस्या बुझ्दै र भोट माग्दै पुग्ने पहिलो व्यक्ति पनि परेछु । सबैले मेरो सक्रियता र लगनशिलतालाई देखेर सहयोग गर्ने बचन दिनुभएको छ ।


उम्मेदवारीसंगै चुनावी अभियान अन्तर्गत देश दौडामा हुनुहुन्छ, तपाईका मतदाता उद्योगी व्यवसायीहरुबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
चुनावी दौडानका क्रममा देशका हरेक ठाउँमा पुग्दा सबै व्यवसायीहरुले सौहार्दपूर्ण तरिकाले स्वागत गरे । देशका सबै उद्योग वाणिज्य संघका उद्योगी व्यवसायीहरुसंग भेटघाट भयो । व्यवसायीहरुका सस्याहरु बुझियो र छलफल पनि गरियो । व्यवसायीहरुका समस्या बुझ्दै मत माग्ने निकै कम उम्मेदवारहरु मध्येमा म परेछु । धरैले फोन मात्रै भोट माग्छन्, तपाई यहीँ आएर भोट माग्नुभयो भने । व्यवसायीका समस्या पनि बुझनुभयो भनेर धेरै व्यवसायी साथीहरु खुशी हुनुभयो । चुनावका बेला अधिकांश ठाउँमा उम्मेदवारहरु नपुग्ने गरेको अवस्था रहेछ । कतिपय ठाउँमा व्यवसायीका समस्या बुझ्दै र भोट माग्दै पुग्ने पहिलो व्यक्ति पनि परेछु । सबैले मेरो सक्रियता र लगनशिलतालाई देखेर सहयोग गर्ने बचन दिनुभएको छ । म पनि विश्वस्त छु ।

खुला सदस्यमा चुनाव लड्न प्रतिस्पर्धा हुनसक्छ, जित्छु भन्ने आधार केही छ ?
जिल्ला नगरबाट खुला कार्यकारिणी सदस्यको १८ जनाको कोटामा ३२ जनाले उम्मेदवारी दिएका छन् । म विगतमा पनि महासंघको केन्द्रीय सदस्य भइसकेकाले मेरो आफ्नो छाप र पहिचान पनि छ । उद्योगी व्यवसायीका समस्याबारे जानकार छु । उद्योगी व्यवसायीहरुको हकहितका लागि लड्दै आइरहेको छु । अहिले बैंकिङ क्षेत्रबाट भएको व्याजदर वृद्धि विरुद्ध पनि आवाज उठायौं । सुदूरपश्चिमबाट त्यसको नेतृत्व गर्दै देशको राजधानीसम्म पुग्यौं । जुन कुरा व्यवसायीहरुले बुझेका छन् । उनीहरुले पनि तपाई जस्तो मान्छे आउनुपर्छ भनेका छन् । त्यसले गर्दा मलाई जित्न समस्या होला जस्तो लाग्दैन ।


कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदेशभर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजदर विरुद्ध आन्दोलन नै गर्यौं । व्यवसायीलाई परेका अन्य समस्या, राहत प्रदान गर्नेलगायतका थुप्रै कामहरु गरेका छौं ।


महासंघमा निर्वाचित भइसकेपछि उद्योगी व्यवसायी र सुदूरपश्चिमको विकासका लागि कस्तो खालको भूमिका निर्र्वाह गर्नुहुन्छ ?
निर्वाचित भएर गइसकेपछि मेरो ध्यान उद्योगी व्यवसायीहरुको हकहितका साथै उद्योग व्यवसायको माध्यमबाट कसरी प्रदेशको विकासमा ध्यान दिन सकिन्छ भन्नेमा नै केन्द्रीत हुन्छ । जुन भूमिकामा म विगतदेखि नै छु ।

कैलाली उद्योग वाणिज्य संघ र केन्द्रीय सदस्य भइरहँदा मुख्य के–के काम गर्नुभयो ?
व्यवसायीहरुहरुलाई परेका हरेक समस्यामा अगाडि आएका छु । बैंक तथा वित्तीय संस्थाबाट झेल्नु परेको समस्या समाधानका लागि कैलाली उद्योग वाणिज्य संघले समाधानको पहल गर्दै आइरहेको छ । यस वर्ष पनि कैलाली उद्योग वाणिज्य संघको नेतृत्वमा प्रदेशभर बैंक तथा वित्तीय संस्थाहरुले बढाएको चर्को व्याजदर विरुद्ध आन्दोलन नै गर्यौं । व्यवसायीलाई परेका अन्य समस्या, राहत प्रदान गर्नेलगायतका थुप्रै कामहरु गरेका छौं । सुदूरपश्चिमको पर्यटन विकासका लागि कैलाली उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको सर्वविदितै छ । आगामी दिनमा पनि यस्ता कामले निरन्तरता पाउने नै छ ।

  • उद्योग वाणिज्य महासंघ
  • पुष्पराज कुँवर
शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.