धनगढी- कीर्तिगङ्गा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (KGIST) धनगढीद्वारा आयोजित हाफ म्याराथनको उपाधि कक्षा ११ का छात्र रोहित डगौराले जितेका छन् ।
कीर्तिगङ्गाको सप्ताहव्यापी वार्षिकोत्सव कार्यक्रम अन्तर्गत शनिबार भएको हाफ म्याराथनमा डगौरा प्रथम भएका हुन् ।
सोही संस्थामा अध्ययनरत कक्षा ११ का छात्र रमेश साउद प्रतिस्पर्धामा द्वितीय भएका छन् ।
उपाधी होडमा हेम मल्लले तृतीय स्थानमै चित्त बुझाएका छन् ।
धनगढीको चौराहाबाट सुरु भएको हाफ म्याराथन दसरथ भिम उद्यानमा पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा ४५ जना विद्यार्थी सहभागी थिए ।
हाफ म्याराथनको उदघाटन फाप्ला खेलकुद ग्राम विकास समितिका अध्यक्ष सुवाश शाही र प्रसिद्ध साइकलयात्री प्रकाशले शाहले संयुक्तरुपमा गरेका थिए।
विगत १० वर्षदेखि सञ्चालित कीर्तिगङ्गा इन्स्टच्युट अफ साइन्स एण्ड टेक्नोलोजी (KGIST) मा होटल म्यानेजेन्टको पठनपाठन हुँदै आएकोछ । इन्स्टच्युटबाट उत्तीर्ण भएका अधिकांश विद्यार्थीहरु दुबई तथा कुवेतका प्रतिष्ठित होटल क्षेत्रमा आकर्षक पदमा कार्यरत छन् ।
इन्स्टच्युटको वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रुपमा मनाइरहेको संस्थाका अध्यक्ष योगेन्द्र बहादुर शाहीले जानकारी दिए ।













