धनगढी- धनगढीमा भएको प्रथम रिया स्पोर्ट्स कप ब्याडमिन्टन प्रतियोगिता २०८० सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर धनगढी रङ्गशालामा वैशाख १ र २ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सिद्ध राज ओझा र गणेश प्रसाद मिश्र प्रथम भएका छन्।प्रथम भएका उनीहरूले नगद २५ हजार सहित ट्रफि र प्रमाण पत्र पाएका छन्।
यस्तै धनगढीका किरण विष्ट र वीरेन्द्र विष्ट दोस्रो भएका उनीहरूले नगद १५ हजारसहित ट्रफि र प्रमाणपत्र पाएका छन्। यस्तै तेस्रोमा दुई टिम भएका छन्। ब्याडमिन्टन प्रतियोगितामा दुवै टिमले बराबरी अङ्क पाएपछि सुरेन्द्र कार्की र प्रकाश विष्ट तथा एकेन्द्र शाह र तेज बहादुर थापा भएका छन्।
उनीहरू दुवै टिमलाई नगद ५र५ हजार ट्रफि र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ। प्रतियोगीताका संयोजक प्रकाश सिंहले ब्याडमिन्टन प्रतियोगिता प्रति आर्कषण बढाउन र खेलकुदका गतिविधि बढाउन ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको बताए ।
प्रतियोगितामा ६० टिमको सहभागिता रहेको थियो। कैलालीको धनगढी, टिकापुर,हसुलिया,अत्तरिया तथा कञ्चनपुरको बेलौरी क्षेत्रबाट प्रतियोगिहरुको सहभागिता रहेको थियो।













