काठमाडौँ– सरकारले आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ १० गते प्रस्तुत गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार वार्षिक नीति तथा कार्यक्रम जेठ १० गते संसद्मा पेस गर्ने गरी प्रारम्भिक खाका तयार पारिँदै छ।
संसद्मा मंगलबारदेखि प्रि बजेट छलफल सुरु भएको छ। बिहीबार छलफल सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनेछन्।अर्थमन्त्री शर्माले जेठ १२ वा १३ गते आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नीति तथा कार्यक्रम १० गते ल्याउने गरी तयारीमा जुटेका छौँ।













