धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् । अहिले सम्म ३० हजार ६९८ मतगणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार हमालले १३ हजार ८२३ मत पाएका छन् । हमाललाई पछ्याइरहेका कांग्रेसका नृपबहादुर वडले ६७७२ मत पाएका छन् । यसैगरी एमालेका रणबहादुर चन्दले ३२१७ मत पाएका छन् । हमाल र वडको मतान्तर ७०५१ छ ।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार १८१मतका साथ अग्रता लिइरहेकी छिन् । उनलाई पछ्याइरहेकी एमालेकी कन्दकला रानाले ५ हजार ४५५ पाउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ३५७ मत पाएका छन् ।यस्तै राप्रपाका उम्मेदवारले २ हजार १९४ मत पाएका छन्।













