• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

विद्युत बचाउँने केटाहरु !

  •   शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित

धनगढी- धनगढीको अत्याधिक गर्मी, अनि झ्याप्प झ्याप्प गईरहने बत्ती । अधिकांश धनगढीबासी यस समस्याको भुक्तभोगी छन् । ४० डिग्रीमाथिको पारिलो घाममा पनि बत्ती जादा चिटचिट पसिनाले निथ्रुक्क भिजेको अनुभव को धनगढीबासीसँग नहोला र ?

यसरी अनियमित बत्ती जाने हैरानी खेपेका धनगढीबासी विद्युत कार्यालय घेराउ गर्न पनि नपुगेका होइन् । तर विद्युत कार्यालयबाट सधैँ एउटै रेडिमेड जवाफ पाइन्छ, ‘अत्याधिक विद्युतको खपतका कारण लोड धान्नै सकिएन ।’

यस समस्याको निराकरणको उपाय खोज्न चाहान्थे एसपीएको बीआईएम(ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट) मा अध्ययनरत् छात्रहरु सुलभ थापा, धिरेन्द्र नाथ र सिद्धार्थ शर्मा । र उनीहरुले उपाय निकाले ‘स्मार्ट सेन्सर’ को ।

‘धनगढीमा झ्याप्प झ्याप्प बत्ती जानुको कारण लोड धान्न नसकेर ट्रान्समिटरमा खराबी आयो भन्ने उत्तर हामीले सधैँ सुन्दै आएका थियौं,’ विधार्थी शर्माले भने, ‘आईटीको विधार्थीका नाताले हामीले त्यसको निराकरणको उपाय के हुनसक्छ भनेर अध्ययन–खोजी गरौं र स्मार्ट सेन्सरको अवधारणा आयो ।’

स्मार्ट सेन्सर एउटा यस्तो डिभाईस हो, जसले तोकिएको निश्चित दूरीमा मानिसहरुको सम्पर्कमा आए भने मात्रै इलोक्ट्रोनिक डिभाइस(उपकरण)हरु खुल्ने वा बन्द हुने गर्छ ।

अर्थात एसपीएका यी विधार्थीहरुले विकास गरेको यो स्मार्ट सेन्सरका माध्यमबाट बत्ती, पंखा, एसी, फ्रिजलगायत उपकरणहरुका नजिक मानिस आएमात्रै चल्ने नत्र बन्द हुने हुन्छ ।

‘यस उपकरणले हामीले सेट गरेको निश्चित दूरीमा मानिसहरुको आवातजावत भएमा आफै खुल्ने वा बन्द गर्ने हुन्छ,’ अर्का विधार्थी शुलभ थापाले भने, ‘जसका कारण अब कोठामा मान्छे भएन भने आफ्ै बत्ती, पंखा वा कुनैपनि इलोक्ट्रोनिक उपकरणहरु बन्द हुन्छन् । यसले अनावश्यक बिजुली खपत घटाउँछ ।’

यसरी मानिसहरु नभएपछि इलोक्ट्रोनिक्स उपकरणहरु अटोमेटिक बन्द हुने भएकाले दीर्घकालिन रुपमा लोडसेडिङको समस्या निराकरण गर्न सकिने उनीहरुको बताउँछन् ।

‘कहिले काँही हामी बिर्सेर घरबाट बाहिर निस्कदा टिभी, पंखा, बत्ती, एसी बन्द गर्न बिर्सन्छौं । जसले अनावश्यक बिजुली खपत बढाईरहेको हुन्छ,’ अर्का विधार्थी धिरेन्द्र नाथले भने, ‘अब यो सेन्सरको प्रयोगबाट त्यो समस्याबाट छुटकरा पाउँन सकिने भयो । मानिसहरु कोठाबाट निस्किने बित्तिकै ती डिभाइसहरु पनि अटोमेटिक अफ हुने भएकाले विद्युत खपत घट्यो । यसले एकातिर पैसा बचत त गर्छ नै अर्कातिर बढी लोड भएर ट्रान्सफर्मरहरु बिग्रिने समस्याको समाधान पनि गर्छ ।’

यस उपकरणको सहायताले व्यक्तिको प्रत्यक्ष सम्पर्क बिजुलीसँग नहुने वा स्वीच थिची रहनुपर्ने नभएकाले करेन्ट लाग्ने वा अन्य बिजुलीजन्य दुर्घटनाहरुबाट पनि जोगिन मद्दत पुग्छ । एसपीए कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुन र इन्स्ट्रक्टर रविन्द्र रानाले सहयोगमा विधार्थीहरुले उक्त उपकरणको विकास गरेका हुन् ।

कार्यक्रम निर्देशक पुनले एसपीएले विधार्थीहरुले शैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए ।

‘विद्यार्थीहरुले जुन किसिमको प्रविधिमा काम गरेका छन् त्यसमा हामी गौरम्वावित छौं । ’ पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन् । उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउँने संकल्पका साथ एसपीए अघि बढेको छ ।’

सुदूरपश्चिममा त्रिभुवन विश्वविद्यालयको बीआईएम कार्यक्रम पढाई हुने एसपीए एकमात्रै शैक्षिक संस्था हो । बीआईएम विषय जुनसुकै संकायबाट १२ पास विद्यार्थीहरुले पढ्न पाउँछन् । त्यसका लागि सिम्याट(प्रवेश परीक्षा) परीक्षा दिनुपर्छ । एसपीएमा साउन १५ गतेबाट सीम्याट कक्षाहरु सञ्चालन हुने तयारीमा छन् । बीआईएम पढ्न चाहने विद्यार्थीले तुरुन्त कलेजमा सम्पर्क राख्न कार्यक्रम निर्देशक पुनले जानकारी दिए ।

केही समयअघिमात्रै धनगढीमा भएको सुदूरपश्चिमाञ्चरस्तरीय स्टार्टअप एण्ड आइडिया फेस्टमा एसपीएको बीआईएम पढिरहेका विधार्थीहरुले बनाएका दुई प्रोजेक्टहरु शीर्ष ५ भित्र पर्न सफल भएका थिए ।

No description available.

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रस्तुत भएका २५ भन्दा बढी प्रोजेक्टहरुमध्येबाट उत्कृष्ट ५ प्रोजेक्ट घोषणा गरेको थियो । त्यसमा एसपीएका सुचना व्यवस्थापन (बीआईएम) विषयमा स्नातक अध्ययनरत विधार्थीहरुले बनाएका ‘स्मार्ट डस्टबिन’ र ‘सस्तो किताब’ नामक दुई प्रोजेक्ट शीर्ष ५ भित्र छानिन सफल भएका हुन् ।

उत्कृष्ट ५ भित्र पर्न सफल प्रोजेक्टहरुले अब काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँनेछन् । काठमाडौंमा देशैभरिका सातै प्रदेशबाट छनोट भएर आएका उत्कृष्ट प्रोजेक्टहरुबीच प्रतिस्पर्धा हुनेछ । यस्तै उक्त प्रोजेक्टहरु अघि बढाउँन र थप विकासका लागि सम्भावित लगानी खोज्न सहयोग गर्ने आयोजकले जनाएको छ ।

‘एसपीएले संख्या भन्दा गुणस्तरमा विश्वास गर्छ, स्किलमा फोकस गर्छ । सैद्धान्तिकमात्रै पढेर अबको प्रतिस्पर्धी बजारमा विधार्थीहरु अवसर पाउँन सक्दैनन,’ कार्यक्रम पुनले भने, ‘बीआइएमको स्कोप ब्रोड छ । पढ्दै जागिर गर्न सकिन्छ । सरकारी कार्यालय(आइटी अफिसर), बैंकिङ, शैक्षिक संस्था, उद्यमशिलता, स्टार्टअप, मध्यम, साना व्यापार व्यवसाय जहाँपनि आइटीको आवश्यकता पर्ने भएकाले बीआइएमको अवसर जतासुँकै उच्च रहेको छ ।’

अघिल्लो हप्तामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए )ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

  • विद्युत
शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

समाचार

सबै

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.