• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाओस् : मुख्यमन्त्री भट्ट

  • ३. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ४. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ६. आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

  • ७. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ८. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ९. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • १०. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

कोरोनाको चौथौ लहरसंग लड्न तयार छौं : मन्त्री बोहरा

  •   बिहिबार, साउन १९, २०७९ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले बढ्डै गएको कोरोनाभाइरस संक्रमणको जोखिम फैलन नदिन प्रदेश सरकार सजग रहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयले बुधवार धनगढीमा आयोजना गरेको स्वास्थ्य प्रबर्द्धन तथा संचार सम्बन्धी मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुको लागि पैरवी कार्यक्रममा मन्त्री बोहराले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विगतका दिनको जस्तो समस्या नआउने र समस्या आइहालेमा पनि मन्त्रालय भिडन तयार रहेको उनले बताए । ‘हिजोका दिनमा अक्सिजन कै कारणले धेरै समस्या भएको थियो, ’उनले भने, ‘सबै ठाउँमा अक्सिजन प्रयाप्त रुपमा पुगेको छ ।’
प्रदेशका कुनै पनि जिल्लामा औषधी, अक्सिजन र भ्याकसिनको समस्या भयो भने तुरुन्तै उपलब्ध गराउने मन्त्री बोहराले दाबी गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले महेन्द्रनगर र धनगढीमा गरेर एक हजार बेडको होल्डिङ सेन्टर तयार भइसकेको बताए । होल्डिङ सेन्टर तयार भएपनि भौतिक पूर्वाधारको काम केही बाँकी रहको उनले बताए ।
संघीय सरकारबाट आफूहरु लाई हस्तातरण नभएको उनको भनाइ छ । आवश्यक परेको खडमा होल्डिङ सेन्टरमा बिरामीहरु लाई राखेर उपचार गर्न व्यवस्था मिलाउने उनले बताए ।

प्रदेशका सबै अस्पतालहरुलाई तयारी अवस्थामा राखेको उनको भनाइ छ । कोरोना बढ्न साथ प्रदेशका सबै जिल्लामा जनशक्ति व्यवस्थापन गर्नका लागि मन्त्रलायले बजेट समेत व्यवस्थापन गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले हाल सेती प्रादेशिक अस्पतालमा कोभिडको लागि भनेर बनाइएको अस्पतालमा ४५ वटा बेड सञ्चालनमा रहेको र थप आवश्यक परेको खडमा ५० वटा बेड तयारी अवस्थामा रहेको बताए ।
एक पटकमा ९५ जना बिरामीलाई राख्ने सक्ने उनले बताए । कोभिडको आइसियु ५ वटा बेड, आइटिपेन्सि आइसियु १० वटा बेड र जनरल बेड ३० वटा रहेको उनको भनाइ छ ।

अस्पतालमा भेन्टिलेटर ३९ वटा रहेकोमा ८ वटा कोभिड आइसियुको लागि छुटाएको र अक्सिजन क्न्सटेडर ६९ वटा रहेको उनले बताए । २० हजार क्षमताको अक्सिजन टांयाकी राखिएको उनको भनाइ छ । ९५ जना बिरामीलाई एकै साथ अक्सिजन चलाउन परेपनि एक हप्ता सम्म अक्सिजनको समस्या नहुँने उनले बताए ।
हाल सम्म सेती प्रादेशिक अस्पतालमा एक हजार सात सय ६७ जनालाई भर्ना गरेर उपचार गरिएकोमा दुई सय २८ जनाले ज्यान समेत गुमाएको उनको भनाइ छ ।

दक्षजनशक्ति नहुँदा काम गर्न धेरै नै समस्या भएको उनले दुखेसो गरे । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५६ लाख आठ हजार ४९ जनाका कोरोना संक्रमण देखिएको छ । जसमध्य पोजेटिभको संख्या ६० हजार ७१ जना रहेकोमा नेगेटिभको संख्या ५० लाख सात सय ७८ जना रहेका छन् ।

हालसम्म मृत्यु हुनेको संख्या छ सय ३३ रहेको छ । यसमध्य पनि एन्टिजेन परिक्षण गर्दा तीन लाख ३८ हजार तीन सय ९२ जनामा परिक्षण गर्दा १७ हजार सात सय ५२ जनामा पोजेटिभ देखिएकोमा ३२ हजार छ सय ४० जनामा नेगेटिभ देखिएकोमा यसबाट २४६ जनाको मृत्यु भएको छ ।

आरटिपिसिआर परिक्षण गर्दा २२ लाख दुई हजार चार सय ५७ जनाको परिक्षण गर्दा ४२ हजार तीन सय १९ जनामा पोजेटिभ देखिएको छ भने १८ हजार एक सय ३८ जनामा नेगेटिभ देखिएको छ । जसमध्य तीन सय ८७ जनाको मृत्यु समेत भइसकेको छ ।

हालसम्म प्रदेशमा पहिलो मात्रामा ९० प्रतिशतले खोप लगाइसकेको र दोस्रो मात्रामा ७५ प्रतिशतले र तेस्रो (बुस्टर) ३५ प्रतिशतले खोप लगाइसकेका छन् ।हाल प्रदेशमा भ्याक्सिन स्टकको अवस्था बारे प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा आठ हजार डोज (भेरोसेल) स्टक रहेको छ । बझाङमा ६४८ डोज (भेरोसेल),कैलालीमा ४४० डोज (जोन्सन),कञ्चनपुरमा २५० डोज (जोन्सन), २१३० डोज (फाइजर)–बच्चालाई,बैतडीमा शुन्य,अछाममा शुन्य,दार्चुलामा ५६६ डोज (भेरोसेल),२२५ डोज (जोन्सन),डोटी १८५ (भेरोसेल),डडेल्धुरा ३६२० डोज (फाइजर)–बच्चाका लागि स्टक रहेको छ ।

प्रदेशमा थप माग १० लाख ६३ हजार तीन सय ८६ डोज (१८ वर्ष भन्दा माथि) र ६० हजार डोज (१२ वर्ष देखि १७ वर्ष सम्म) का लागि खोप आवश्यकता रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

  • कोरोना
  • सामाजिक विकास
बिहिबार, साउन १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा
शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
भन्सार छलीका सामानसहित तीन जना पक्राउ
रङ्गी बिरङ्गी फुलले फेरिँदै धनगढीको मुहार
वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

समाचार

सबै

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

शुक्लाफाँटामा १३ दिनमा ६०० पर्यटकको आगमन

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

भन्सार छलीका सामानसहित तीन जना पक्राउ

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १४ घण्टा 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    बडादशैंले सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ

  • ३.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ४.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ५.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ६.
    आज विजयादशमी,टीकाको उत्तम साइत १०ः२६ बजे

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.