• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

  • १०. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

संसदमा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन : नेता मिश्र

  •   मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार बिजनेस दिन नसकेको र संसदमा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताएका छन् । रासससँग कुरा गर्दै उहाँले वर्तमान सदनले पहिलो अधिवेशनमा अपेक्षाअनुसार कानुन बनाउन नसकेको स्वीकार गरे ।

नेता मिश्रले भने, “जे कामका लागि सदनमा गएका हौँ, त्यसको चिन्ता भन्दा पनि आफ्नो उन्नति कसरी हुन्छ भन्नेमा चिन्ता देखिन्छ । आफू कसरी हुने र आफ्नो वरिपरि पार्टी होस् भन्ने चाहेको देखियो । देशको वरिपरि घुमेर काम गर्नुपर्ने पद हो तर सबै आफ्नै वरिपरि होस् भन्ने चाहन्छौँ । यही कारणले प्रभावकारी रूपमा काम गर्न नसकिको हो ।”

साथै उनले सदनमा कानुन बनाउने प्रक्रिया पनि लामो भएका कारण कानुन बन्न समय लाग्ने गरेको अनुभव सुनाए । “विधेयक पारित गर्ने प्रक्रिया पनि लामा छन् । यसलाई सजिलो किसिमले बनाउन सकिन्छ । धेरै पटक पास फेल भएको भन्नुपर्ने कुराहरू एक दुई चोटि भनेर पनि हुने बनाउँदा ठीक हुन्छ । पहिले बेलायत वा कहाँबाट यो संसदीय प्रक्रियाको सुरुवात भएको हो । त्यही कुरा हामीले उतारेर ल्याएका हौँ । यसलाई छोटो ढङ्गले बनाउन सकिन्छ”, सांसद मिश्रले भने ।

विसं २०१० भदौ १ गते डोटीमा जन्मनुभएका मिश्रले विधेयक बनाउने सम्बन्धमा संसद्ले नै विधेयक तयार गरेर पेस गर्दा राम्रो हुने र सरकारको सल्लाहसम्म लिने व्यवस्था गरे उचित हुने सुझाव दिनुभयो । सरकारले नै विधेयक तयार गर्दा त्यसमा सरकारका कतिपय स्वार्थ रहने उनको भनाइ छ । विसं २०२८ मा नेविसङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका नेता मिश्र प्रजातन्त्र बहालीका लागि भएका आन्दोलनमा लागेका कारण पटक–पटक जेलसमेत पर्नुभएको थियो ।

सदनमा सांसदहरुले उठाउने जनजीविका सवालमा उचित सुनुवाइ नहुने गरेको गुनासो गर्दै सांसद मिश्रले कुनै सांसदले के विषय र कसको सन्दर्भमा बोलेको छ, सम्बन्धित निकायलाई जिम्मेवार बनाउन उठेका विषयका सन्दर्भमा पत्र पठाएर जवाफ माग्नुपर्ने बताए । “कम्तीमा हप्तामा एक दिन वा महिनामा एक दिन फलानो सांसदले उठाएको विषयमा सम्बन्धित निकायबाट कस्तो जवाफ वा सुझाव आयो भनेर सदनमा छलफल गरेमा सदनको गरिमा बढ्ने मैले देखेको थिएँ । तर त्यो कुरा भइराखेको छैन्”, उनले भने।

आफ्नो राजनीति कर्मथलो कैलालीका सबै गाउँमा पैदलै हिँडेर पार्टी सङ्गठन निर्माण गर्नुभएका उहाँले पार्टीमा पद भने खासै लिनुभएन । भ्रष्टाचार र अनियमितता निर्मूल गर्ने सन्दर्भमा दलहरूबिच एकरूपता हुन नसक्दा प्रभावकारी नियन्त्रण हुन नसकेको बताउँदै उनले सांसदहरूमा पनि स्वाभाविक रूपमा आफूले पाउने तलब भत्ता बाहेकका सुविधामा अधिकांशको स्वार्थ रहेको आफूले देखेको टिप्पणी गरे ।

सांसद मिश्रले भने, “आफूलाई गाह्रो भएको अवस्थामा र आलोचना गर्न पाएको स्थानमा आलोचना गर्ने तर आफूलाई केही लाभ हुने अवस्थामा आफूलाई पनि भए हुन्थ्यो भन्ने स्वार्थबाट अधिकांश ओतप्रोत भएका देखिन्छन् ।” उनले कैलालीमा कांग्रेसका तर्फबाट टिकट पाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धासमेत गरेका थिए ।

सांसदहरू नीति निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएका हुन् भन्ने जिज्ञासामा उनले सांसद जसबाट चुनिएर आएका हुन्छन् र जसका प्रतिनिधि हुन्छन् तीनै जनताले कानुन बनायो कि बनाएन भनेर सोध्ने नगरेको उल्लेख गर्नुभयो । त्यसको सट्टा जनताले आफ्नो गाउँ टोलमा बाटो, विद्यालय, स्वास्थ्य चौकी बनेन, मैले भनेको कुरा भएन, आफ्ना छोराछोरीले जागिर पाएन भनेर सोध्ने गरेकाले पनि सांसद कानुन निर्माणमा केन्द्रित हुन नसकेको विश्लेषण गरे ।

“यी प्रश्न मात्र जनताले गर्छन्, सांसदहरू जनताका प्रश्नका पक्षमा नलागे भने भोलि पनि जनताका बिचमा जानुपर्छ । त्यसकारण विकास निर्माणमा पनि जोडिनु बाध्यता हुन्छ”, उनले भने।

कैलालीको दुई पटक जिल्ला विकास समितिको सभापति हुनुभएका नेता मिश्र विसं २०४८ देखि भएका कांग्रेसका सबै महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुँदै आएका छन् । सदनलाई प्रभावकारी बनाउन सांसदबाट मन्त्री बनाउने प्रावधान बन्द गर्नुपर्ने उनको सुझाव छ । “सांसदलाई सांसदको काम मात्र दियो भने सदन प्रभावकारी हुन्छ । सांसदबाट अरू लाभका पदमा जाने हो भने सांसदले सदनमा प्रभावकारी भूमिका खेल्न सक्दैन्”, उनले भने ।  रासस

  • कानुन बनाउने
मङ्गलबार, मङि्सर २६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

समाचार

सबै

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • २ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.