काठमाडौं- रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले थप तीन नेपालीको मृत्यु सूचना आफूहरुलाई प्राप्त भएको बताए ।
यसअघि रुसी सेनाम गएका ७ जनाको मृत्यु भएको थियो । योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ । मृतको नाम ठेगान केही वेरमा दिने बताएका छन् ।













