धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादामा मंगलबारदेखि भादा महोत्सव २०८० सुरु भएको छ ।
संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम सस्कृति भेषभुषा राखी हमरा पहिचान थारु होमस्टे गाउँ भादा महोत्सव भन्ने मुल नाराका साथ थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा सो महोत्सव सुरुभएको हो ।
महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले महोत्सवले थारु जातीको परम्परा सांस्कृति खानपान, भेषभुषा, सिप कला, प्रकृतिक सम्पदाको संरक्षण र स्वरोजगारमा महत्वपूर्ण योगदान पुर्याउन सफल हुने बताए ।
उनले थारु होमस्टे भादा गाउँमा आएका आन्तररिक र बाह्य पर्यटकलाई एक दिन मात्रै राती भादामा बसाउन सक्ने वातावरण भयो भने यस क्षेत्रको विकास, रोजगारी र आय आर्जनमा निकै महत्वपूर्ण फाइदा पुग्ने बताउँदै यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार लागि पर्ने बताए ।
लक्ष्मिनारायण चौधरी अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी, सुदुर पश्चिम प्रदेश सभाका उप सभामुख कोइलीदेवि चौधरी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना व्यक्त गरेका थिए ।
२०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको थारु होमस्टे गाउँ भादा महोत्सवको ११ औ संस्करणको हो ।























