कञ्चनपुर – कञ्चनपुरको बेलौरीमा प्रहरीले भारतबाट नेपाल भित्र्याइँदै गरेको उखु बरामद गरेको छ । जिल्लाको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका–१ वैशाखीबाट बुधवार राती भे १ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई टार्ली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।
उनका अनुसार राती प्रहरी देख्दा चालक भागेका थिए । नियन्त्रणमा लिएको ट्याक्टर सहितको उखु आवश्यक प्रक्रियाका लागी त्रिनगर भन्सार कार्यालय पठाएको छ । पछिल्लो समयमा प्रहरी सीमा क्षेत्रमा कडा रूपमा प्रस्तुत भइरहेको छ । यस अघि पनि बेलौरी प्रहरीले १ टार्ली उखु नियन्त्रणमा लिई भन्सार कार्यालय पुर्याएको थियो । यता मङ्सिर देखि सञ्चालनमा रहेका दुई सुगर मिलमा भने पुष दोस्रो हप्ता देखी नै उखु अभाव भइरहेको छ ।
















