धनगढी । जिल्ला अस्पताल डोटीको शौचालयमा स्वास्थ्यकर्मी मृत अवस्थामा भेटिएका छन् । सोही अस्पतालमा कार्यरत बोगटान फुड्सिल गाउँपालिका–६ बस्ने ३४ वर्षीय अहेव प्रेम बोगटी बुधबार बिहान ११ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सागर बोहराका अनुसार अहेव बोगटी शौचालयमा मृत फेला परेका हुन् । शौचालय गएका बोगटी लामो समयसम्म नफर्किएपछि खोजी गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















