काठमाडौं- निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ। आयोगको आइतबार बसेको बैठकले २ देखि १२ माघसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। ११ माघमा राष्ट्रिय सभाका १९ सिटका लागि निर्वाचन हुँदै छ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १(२) अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।













