धनगढी– धनगढीस्थित नवजीवन हस्पिटलमा २७ र २८ गते नि:शुल्क मृगौला जाँच शिविर हुने भएको छ ।
शिविरमा बरिस्ठ मृगौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणा, बरिस्ठ मृगौला रोग विशेषज्ञ डा. बिक्रमवीर बज्रचार्य, बरिस्ठ मृगौला रोग विशेषज्ञ डा. दिवाकर मानन्धरबाट मृगौला स्वास्थ्य परिक्षण गराइने नवजीवन हस्पिटलका सिइओ चक्र खडायतले जानकारी दिए ।
शिविरमा नि:शुल्क स्वास्थ्य परामर्श मृगौला, नि:शुल्क पिसाब, भिडियो एक्सरे ५० प्रतिशत, सादा एक्सरेमा ५० प्रतिशत र रगत जाँचमा २० प्रतिशत छुट रहने हस्पिटलक सिइओ खडायतले बताए ।
मृगौला समस्या भएका तथा स्वास्थ्य परीक्षण गर्न चाहने व्यक्तिले २७ र २८ गते सेवा लिन सक्ने उनले बताए ।














