धनगढी- कञ्चनपुरमा बस दुर्घटना हुँदा १ जना घाइते भएका छन । बेलौरी नगरपालिका–१० स्थित शिवनगरमा सोमबार बस दुर्घटना हुँदा बसका चालक पुनर्वास नगरपालिका –१ मोतीबस्तीका नारायण चन्द घाइते भएका हुन ।
बेलैरीबाट धनगढी आउँदै गरेको ना ३ ख ५०८८ नम्बरको बस स्टेयरिङमा समस्या आएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा चालक र सहचालक मात्रै सवार थिए ।













