• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

शुक्लाफाँटामा रिक्त दरबन्दीमा ‘सिमसार गज’नियुक्त

  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित

काठमाडौँ- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको रिक्त दरबन्दीमा ‘सिमसार गज’लाई ल्याइएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट सिमसार गजलाई रिक्त दरबन्दीमा सरुवा गरेर ल्याइएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको निर्णयअनुसार साढे तीन वर्षको भाले सिमसार गजलाई सरुवा गरी ल्याइएको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए। उनका अनुसार निकुञ्जमा दशवटा हात्तीको दरबन्दी रहेको छ।

त्यसमा नाराणकली, सुर्तिकली, रुपकली र शुक्लाकली गरी चार पोथी तथा लवप्रसाद, सिद्धप्रसाद, शेषचन्द्र गज, नारायणप्रसाद र सिमसार गज गरी भाले पाँच हात्ती रहेका छन्। ‘दश दरबन्दीमा निकुञ्जमा एक थपिँदा नौ हात्ती भएका छन्’, उनले भने, ‘एक हात्तीको दरबन्दी अझै रिक्त रहेको छ।’

निकुञ्जमा गस्तीको कार्य गर्न,वन्यजन्तुको अनुगमन गर्न, उद्धार गर्न र पर्यटक घुमाउनका लागि हात्तीको प्रयोग हुने गरेको छ। निकुञ्जको पिपरिया, शुक्लाफाँट र मालुबेलामा हात्तीसार रहेका छन्। हात्ती सारमै आवश्यकताका आधारमा हात्तीलाई राख्ने गरिएको छ। हात्तीको रेखदेखका लागि माउते, फणित र पछुवाको दरबन्दी रहेको छ।

दरबन्दीअनुसारको निकुञ्जलाई हात्ती रेखदेख गर्ने जनशक्ति अभाव छ। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज जङ्गली हात्तीको पनि बासस्थानका रुपमा रहेको छ। बर्सेनि भारतको पिलिभित हुँदै जङ्गली हात्तीको बथान निकुञ्जमा आउने गरेको छ।

‘निकुञ्जमा बाह्रै महिना २० देखि २५ को सङ्ख्यामा हात्तीको बथान रहने गरेको छ’,निकुञ्जका सूचना अधिकारी ऐरले भने,‘त्यो समूह निकुञ्जमा समूह समूहमा विभाजन भएर बस्ने गरेको छ, त्यसमा छ भाले हात्ती रहने गरेका छन्।’

‘जङ्गली हात्ती निकुञ्ज हुँदै चुरे क्षेत्रसम्मको पुरानो जैविक मार्गमा हिँड्डुल गर्ने गरेका छन्। निकुञ्ज पुग्ने हात्तीका बथान भारतीय दुधुवा नेसनल पार्कसम्म पुग्ने गर्दछन्। दुधुवा नेसनल पार्क जाने पुरानो जैविक मार्गको बीचमा बस्ती बस्दा हात्तीलाई ओहोरदोहोर गर्न निकै अप्ठ्यारो हुने गरेको छ। रासस

  • रिक्त दरबन्दी
शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.