• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

उखु पेलेर गुजारा

  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन् । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरीको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ । भीमदत्त–४ महेन्द्रनगरमा निमबहादुरले उखु पेल्ने काम थालेर मनग्य आम्दानी गरिरहेका छन् । उखु पेलेरै उनले तीन सदस्यीय परिवारको घरखर्च चलाइरहेका छन् ।

“गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक रु दुई हजारभन्दा बढी आम्दानी भइरहेको छ”, उनले भने, “स्वदेशमै यति राम्रो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता रहेन ।” खर्च कटाएर दैनिक रु एक हजार पाँच सय बचत हुने गरेको उनको भनाइ छ । सालघारीमा बसोबास गर्ने निमबहादुरको परिवारमा उहाँका श्रीमती र आमा छन् ।

उनी उखुको जुस निकालेर बिक्री गर्ने गर्छन् । रु ४० प्रतिगिलासका दरले उखुको जुस बिक्री हुने गरेको उनको भनाइ छ । “प्रत्येक दिन बिहान उखु किनेर ल्याउँछु, बेलुका त्यो उखु सकिन्छ”, निमबहादुर भन्छन्, “प्रतिक्विन्टल रु एक हजारमा उखु पाइन्छ ।” निमबहादुरले रु ९३ हजारमा उखु पेल्ने मेसिन किनेर यो व्यवसाय सञ्चालन गरेका हुन् ।

स्वदेशमा रोजगारी नपाएपछि युवा विदेशिनेक्रम बढिरहेका बेला निमबहादुर भने स्वदेशमै केही गर्न सकिन्छ भनेर व्यवसायमा लागेको बताउछन् । “अर्काको देशमा पसिना बगाएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्ने सोच बनाएँ”, उनले भने, “अहिले राम्रै आम्दानी भइरहेको छ, गरे स्वदेशमै पनि राम्रो कमाइ गर्न सकिन्छ ।”

निमबहादुर घर बनाउने काम गर्ने मिस्त्री पनि हुन् । मिस्त्री काममा आम्दानी कम भएर घर खर्च चलाउन गाह्रो हुँदा पनि उनी विचलित भएनन् । विदेश नगएरै स्वदेशमै उखु पेल्ने काम गर्ने योजना बनाएको उनी सुनाउछन् । “कोरोनापछि मिस्त्री काम धेरै कम पाइन थाल्यो, मिस्त्री कामले गुजारा चल्ला जस्तो भएन”, निमबहादुर भन्छन्, “विदेशमा गएर जस्तो पायो त्यस्तो काम गर्छन्, त्योभन्दा त देशमै सानै भए पनि आफ्नै काम गर्छु भनेर यसमा लागेको हुँ ।”

तीस वर्षीय निमबहादुरले कक्षा १० सम्मको अध्ययन गरेका छन् । अठार वर्षको हुँदा बुवा गुमाएपछि परिवारका एक्ला छोरा निमबहादुरको काँधमा जिम्मेवारी थपियो । त्यसपछि उहाँले उच्च शिक्षा हासिल गर्न सकेनन । घर खर्च जोहो गर्न मजदुरी थालेका उनले मिस्त्रीको काम पनि सिकेका थिए ।

दैनिक रु दुई सय ५० मा मजदुरी गर्नुभएका निमबहादुर मिस्त्री बनेसँगै दैनिक रु एक हजार कमाउथे । “दुई वर्षसम्म मजदुरी गरे, मजदुरी गर्दा गर्दै मिस्त्रीको काम पनि सिकियो, मिस्त्री काममा पनि सुरुमा राम्रै थियो, कोरोनापछि निकै कम काम पाइन थाल्यो”, उनले भने, “कति महिना घरमै बसे, त्यसपछि उखुको व्यवसायमा लागेको हुँ ।” रासस

  • उखु पेलेर
सोमबार, चैत १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

समाचार

सबै

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

कस्तो रहला आजको मौसम ?

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.