• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • ३. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ४. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ५. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ६. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ७. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ८. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • १०. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

अस्तव्यस्त मार्तडी बजार

  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित

बाजुरा- जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ ।

बडीमालिका नगरपालिकाको मार्तडीमा सडक कब्जा गरी राखिएका गिटी, बालुवा तथा अव्यवस्थित तरिकाले रोकिएका सवारीसाधनको उचित व्यवस्थापन नहुँदा बजर क्षेत्र अस्तव्यस्त बनेको हो ।

सवारीसाधनका लागि बनाएका सडकमा पैदलयात्रुलाई हिँड्न मुस्किल पर्नेगरी स्थानीयले प्रयोग गर्दै आएका छन् । स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाले सवारीसाधन तथा निर्माण सामग्री सडकमा नराख्न सूचना जारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय व्यापारी तथा सवारी चालकले जथाभाबी सडकमा सवारीसाधन पार्किङ गर्दा नगरपालिकाले प्रभावकारी कदम चाल्न नसकेको स्थानीय लक्ष्मण रोकायाले बताए । “यसरी जथाभाबी सडकमा पार्किङ गर्ने, बालुवा गिटी थुर्पादा पनि नगरपालिकाले दर्शक बनेर बसेको छ”, उनले भने ।

नौवटै पालिकाको प्रमुख बजारका रुपमा मार्तडीलाई लिइन्छ । जिल्ला बाहिरबाट आउनेहरुले पनि समग्र जिल्लाको अवस्था यही बजारलाई हेरेर बुझ्ने भएको नगरपालिकाले बजार क्षेत्रमा पार्किङ तथा पसललगायतलाई उचित व्यवस्थापन गर्नुपर्नेमा रोकायाले जोड दिए । “साझा सरोकार भएका विषयमा नगरपालिका तथा स्थानीय जनप्रतिनिधिले चासो दिनुपर्नेमा निरीह भएर बसेका छन्”, उनले भने ।

प्रहरी प्रशासन लगाएर भए पनि मार्तडीको सुन्दरता, व्यवस्थापन र सडक पार्किङको समस्या समाधान गर्नुपर्ने पैदल यात्री बताउँछन् । सडकहरुमा स्थानीयहरुले घर बनाउनका लागि गिटी, बालुवा र अन्य सामग्री फाल्नुका साथै पसल तथा घरबाट निस्किएको फोहरले बजार थप दुर्गन्धित बनेको उनीहरुको भनाइ छ ।

यसरी सडकमा फालिएका निर्माण सामग्रीका कारण सवारीसाधन र स्थानीयलाई आवतजावतमा सास्ती बेहोर्नु परेको स्थानीय रोकायाले बताए ।मार्तडीको दुनीहाटबजारबाट खुलामञ्च–अस्पताल रोड–खेलकुद रोड हुँदै गौँडाडिलसम्म पुग्ने सडक अस्तव्यस्त रहेको उनको भनाइ छ ।

नगरपालिकाले सडकमा जथाभाबी फालिएका भौतिक सामग्री व्यवस्थापनमा चासो नदिँदा दुर्घटनाको जोखिम बढेको यातायात व्यवसायी बताउँछन् । स्थानीय सरकारले जनताको दैनिकीसँग जोडिएका विषयमा चासो नदिएको व्यवसायीको भनाइ छ ।

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले सडक छेउछाउमा जथाभाबी राखिएका गिटी, बालुवा तथा निर्माण सामग्री हटाउन पालिकाले तत्काल सूचना जारी गर्ने बताए ।

सडक व्यवस्थित गराउन पालिकाले पटकपटक सूचना जारी गर्दै निर्माण सामग्री हटाउन पहल गर्दै आए पनि स्थानीयले सूचनाको बेवास्ता गर्दै आएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले दाबी गरे ।

अस्तव्यस्त निर्माण सामग्री, अव्यवस्थित सवारी पार्किङ र बढ्दो फोहरमैलाले मार्तडी बजारको सुन्दरता हराउँदै गएको छ भने दुर्घटनाको जोखिम पनि बढिरहेको छ । रासस

 

  • मार्तडी बजार
सोमबार, चैत १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी
विपद्बाट ३५ जनाको मृत्यु
आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
धनगढीमा जेई खोप अभियान : ४३ हजार ८७६ जनाले लगाए खोप

समाचार

सबै

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो

कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

विपद्बाट ३५ जनाको मृत्यु

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    धनगढीमा ‘अल–न्यू हुन्डाई भेन्यु’ सार्वजनिक

  • २.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • ३.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ४.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ५.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ६.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.