• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया

  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित

टीकापुर– मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उनका दुई छोरा र दुई पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन् ।

कल्ठीका माइला छोरा छिटकलाल, कान्छा छोरा छुकुन्वा चौधरी र जेठा छोरा जितबहादुरका नाति वसन्त टीकापुर नगरपालिका–१, वनगाउँ बिचपुरुवास्थित आ–आफ्नै घरमा काजकिरिया बसेका छन् । अर्का नातेदार दिपेश चौधरी उत्तरपुरुवामा काजकिरियामा छन् ।

कल्ठीका तीन छोरा २०४५ सालमा छुट्टिई भिन्न भएका थिए । अंशबन्डासँगै दाजुभाइ छुट्टिए र देउता पनि बाँडिए । अलग अलग देवता भइसकेपछि थारू समुदायको चलन अनुसार मृत्युकर्म पनि अलग अलग गर्नुपरेको गाउँका अगुवा मीनबहादुर चौधरी बताए ।

‘घर फुटेपछि जेठो छोराले देवता पाउने र बाँकीलाई जेठोले फलामको टुक्रा दिनु पर्छ । यही फलामको टुक्राबाट बनेको कामा (त्रिशूल) मा मैयाँ (देवी) बनाई स्थापना गरेपछि देवता छुट्टिएको मानिन्छ,’ उनले भने ।

यसपछि हरेक परिवारले आफ्ना देवता छुट्याइसकेपछि बाआमाको मृत्यु भएमा अलग अलग काजकिरिया गर्नुपर्ने चलन रहेको स्थानीय ज्ञानबहादुर चौधरी बताए । यही चलनका कारण थारू समुदायमा बाआमा जीवित हुँदासम्म जति भाइ भए पनि सगोलमै बस्ने चलन छ ।

दाहसंस्कार पनि अलग अलग

कल्ठीदेवीको यही चैत १० गते मृत्यु भएपछि सबै जना कर्णाली नदीमा अन्तिम संस्कारमा सहभागी भएका थिए । आमासँगै बसेका कारण कान्छा छोरा छुकुन्वाले अन्तिम संस्कार गरे तर माइला छोरा छिटकलाल र पनातिहरू (जेठो छोराका नाति) ले भने घर आएर पुतला (कुशको शव) बनाई नजिकैको जमरा कुलामा अन्तिम संस्कार गरेका हुन् । नातिले गरेको दाहसंस्कारमा नजिकका गोत्यार र बाहुन मात्रै गएका थिए । ‘कान्छा (छुकुन्वा) लाई लास जलाएपछि जुठो लाग्यो । हामीलाई कुशको पुतला जलाई हिरन हालेपछि मात्रै जुठो लाग्यो,’ माइला छोरा छिटकलाल भने, ‘त्यसैले अलग अलग तयारी गरेर आआफ्नै घरमा काजकिरिया बसेका हौँ ।’

थारू समुदायमा यस्तो परम्परा भए पनि धर्मशास्त्रमा भने उल्लेख नभएको जानकारहरू बताउँछन् । ‘हिन्दुका ग्रन्थ निर्णय सिन्धु र धर्म सिन्धुलाई मान्ने हो भने एकाघरका मानिस अलग अलग दिन मरे पनि जुठो नाता अनुसार जेठोमा मिलाएर एकै चोटि बार्न सकिन्छ,’ पण्डित डा. चक्रप्रसाद अधिकारीले भने।

‘लास फेला नपरेको अवस्थामा मरेको निश्चित भइसकेपछि मात्रै कुशको शव बनाई जलाउने हो, एउटा छोराले लास जलाउने अरूले कुशको शव बनाई जलाउने शास्त्रीय प्रमाण कहीँ कतै छैन,’ उने थपे । डगौरा थारूको जन्मदेखि मृत्युसंस्कारबारे जानकार सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक नाथुराम चौधरी थारू संस्कारबारे पुराना लिखत नभएकाले मौखिक रूपमा जीवन्त परम्परा कायमै रहेको बताए। कल्ठीका दुई छोरा र दुई पनातिले अलग अलग काजकिरिया गर्ने भनेपछि उहाँहरूलाई सघाउन गाउँका बडघरले गाउँले पनि बाँडिदिएका छन् । सबैको काम चलाउन सहयोगी बाँड्नुपरेको बडघर किट्टु चौधरीले बताए ।

बिचपुरुवमा रहेका छिटकलाल, छुकुन्वा र वसन्तलाई सघाउन १८÷१८ परिवार लागे भने अर्को गाउँमा बस्ने दिपेशले छिमेकको भरमा काजक्रिरिया गरेका छन् । बाँडिएकाले पात टिप्ने, दाउरा, काट्ने, चिर्ने, टपरी लगाउने अन्तिम दिन खाने कुरा पकाउने काम गरेका छन् ।

हरेक काम १८ परिवार पूरै मिलेर गर्नुपरेको छपिलाल चौधरी बनाए । यसरी बाँडिएका परिवारले तोकिएको घरबाहेक अर्को घरको पितृ कार्यमा जान मिल्दैन । कारणवश गइहाले पनि खानापानी खान मिल्दैन ।

मरेको ७ दिनपछि दुई रात अलग्गै काजक्रिरिया बसी जुठो बारेका छन्, अन्तिम दिन थारू बाहुनले सबै पुरुषको टाउमा तेल र टोपी लगाइदिएका छन् । अन्तिम दिन जिता (बङ्गुर) मारेर, भात भोजनको पितृभाग छुट्याएर देवथानमा चढाई बाँकी गोत्यार र नातागोताले सँगै खाएर जुठो छोडेका छन् ।

देवता अलग बनाएका कारण एउटै व्यक्तिको चार ठाउँमा काजक्रिरिया गर्दा उनीहरूको खर्च बढेको छ भने गोत्यारहरूले पनि काम गर्नुपर्दा काम बढेको छ । छुटिया (छुट्टिएर किरिया गर्नु) पुरानो चलन हो, नगरे दुःख होला भनेर अलग अलग गरेको छिटकलालका पण्डित जन्कु चौधरीले बताए ।गोरखापत्रबाट

  • थारू संस्कृति
मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.