डोटी- डोटीको झिग्रानामा नेचर गाईड सम्बन्धि सात दिने आधारभूत तालिम बुधबारदेखि सुरु भएको छ ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरगत प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाइ धनगढीको आयोजना उक्त तालिम सुरु भएको हो ।
उक्त आधारभुुत तालिममा पुर्विचौकि गाउपालिका डोटी, सायल गाउपालिका डोटी, खप्तड छान्ना गाउपालिका बझाङ, राष्ट्रिय प्रकृति संरक्षण कोश एनटीएनसि शुक्लाफाटा र खप्तड राष्ट्रिय निकुञ्जको पनि सहकार्य रहेको जनाइएको छ ।
झिग्राना स्थित खप्तड होमस्टेमा नेचर गाईडको आरभुत तालिम २७ गते सम्म सञ्चालन हुने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन ईकाइ कार्यालय धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए ।
तालिममा सुदूरपश्चिम प्रदेशका ३० जना सहभागी छन् । तालिम स्थानीय स्त्तरमा रोजगारी सृजना गरि आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तब्य सम्म सहज रुपमा पु¥याउने र सुदुर पश्चिमको पर्यटन प्रबर्द्धनमा टेवा पर्याउने उद्देश्यले आयोजना गरिएको बोहराले बताए ।













