धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उनले विश्वासको मत लिन लागेका हुन् ।
गत फागुन अन्तिम साता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट हटेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ ।
३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहनू भएको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए ।
अल्पमतमा रहनू भएका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहनू भएको छ । खास गरेर उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ ।
यद्यपि, सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उनले उन्मुक्तिकै केही सदस्यबाट मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ ।













