काठमाडौं । असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएका सूचनाप्रति मौसम विभागले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज १७ गतेदेखि तीन दिन भीषण वर्षा हुनेसम्बन्धी कुनै पूर्वानुमान नगरेको स्पष्ट पारेको हो ।
मौसमी गतिविधिमा पनि खासै फेरबदल नदेखिएको भन्दै विभागले यस्ता भ्रामक सूचना र हल्लाको पछि नलाग्न तथा त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
















