• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज १४, २०८३
☰
बुधबार, असोज १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा छ : मुख्यमन्त्री भट्ट

  • २. धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले लगाए खोप सेतीमा

  • ३. मनोकामना पूरा हुने विश्वास : १०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष

  • ४. कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम दिन : ५५ हजार बढीले लगाए खोप

  • ५. कैलालीमा जेई खोप अभियान : हालसम्म ६३ हजार ४८२ जनाले लगाए खोप

  • ६. सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

  • ७. कैलालीमा जेई खोप अभियान : ८६ हजार ८६८ जनाले लगाए खोप

  • ८. कैलालीमा जेई खोप अभियान : ७८ हजार ११० जनाले लगाए खोप

  • ९. कैलालीमा जेई खोप अभियान : ७१ हजार ५५४ जनाले लगाए खोप

  • १०. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

पुल निर्माण सात वर्षसम्म पनि अधुरै, ठेकेदारको लापरबाही

  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित

धनगढी- कञ्चनपुरको कृष्णपुर नगरपालिका– १, स्थित ओदाल खोलामा पुल निर्माणको काम सात वर्षसम्म पनि अधुरै छ । पुल निर्माणमा भइरहेको ढिलाईले स्थानीय बासिन्दाले खोला तर्दा भोग्नुपर्ने सास्ती हट्न सकेको छैन । बंक–नाइल–बुडर सडकअन्तर्गत ओदाल खोलामा पुल निर्माणका लागि ०७३ भदौमा थेगिम–गाल्वा जेभीसँग सम्झौता भएको थियो ।

निर्माण कम्पनिलाई १८ महिना भित्रै पुलको काम सम्पन्न गर्न समय सिमा दिइएको थियो । सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पुलका दुई स्पानमध्ये सात वर्षको अवधिमा एउटा स्पान मात्र बनेको छ । तर केही दिन अघि दोस्रो स्पानको काम सुरु भइरहेकोे छ । पुल नहुँदा स्थानीयले बर्खायाममा खोला तर्न निकै सास्ती खेप्नुपर्छ ।

चुरेको फेदी भएर बग्ने यो खोला बर्खामा उर्लने भएकाले खोलापारिका बस्तीका बासिन्दालाई वारि र वारिको बस्तीका बासिन्दालाई पारि जान समस्या हुने गरेको स्थानीय बताउँछन् । खोलाको उत्तरतिर चुरेनजिक पर्ने सुन्दरीफाँटा र पहरिया गरी दुई गाउँ छन् । यी दुई बस्तीलाई खोलावारि जोड्ने अरु विकल्प छैन् ।

कृष्णपुर– १, पहरियाका ईश्वरबहादुर बुढाले ठेकदारका लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माण हुन नसकेको बताए । पुल निर्माण देखि नै ठेकदारले काम गर्न नसेकेका कारण अहिलेसम्म पुल निर्माण हुन सकेको उनले बताए । ‘पुल बन्यो भने १२ सय घरपरिवार खोलापारी छन् । ती परिवारलाई सडक सञ्जालसँग जोडन सकिन्छ,’ उनले भने ।

अर्का स्थानीय नन्दीराम भुलले पुल निर्माणका लागि बेला बेलामा धेरै पटक प्रयास गरेपनि अहिले सम्म पुल निर्माण हुन नसकेको बताए । पुल नहुँदा बर्खामा बाढी आएको वेला खोला तारेर बिरामीलाई अस्पताल पु¥याउन समस्या हुने गरेको उनले बताए । ‘बिरामी, सुत्केरी, सर्पले टोकेका बिरामीलाई अस्पताल पु¥याउन सकिँदैन ।

हामी खोलापारि जान पाउँदैनौँ,’ उनले दुःखेसो सुनाए, ‘पुल नहुँदा बिरामीलाई समयमै अस्पताल पु¥याउन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ ।’ गाउँबाट खोलापारि रहेको पहरिया गाउँको स्कुलमा अध्ययनका लागि जाने विद्यार्थीले खोला तर्न सास्ती खेप्नुपरेको उनले बताए । बर्खामा छोराछोरीलाई स्कुल पठाउन वारिपारि डोरी राखेर खोला तार्ने गरेको उनको भनाइ छ ।

No description available.

सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य ओमविक्रम भाटले जनप्रतिनिधिका हैसियतले निर्माण कम्पनीलाई काम गर्न पटक–पटक आग्रह गरेपछि पुल निर्माणको काम सुचारु भएको बताए । आफूले चुनाव जितिसकेपछि पटक–पटक पुल निर्माणका सम्बन्धीत व्यक्तीहरु सँग छलफल, संम्वादपछि बल पुल निर्माणको काम सुरु भएको उनले बताए । ‘यस वर्ष भित्रै पुल निर्माणको काम सम्पन्न हुन्छ,’ भाटले भने, ‘आउने वर्सोदमा यहाँका स्थानीय बासिले अब पुलमा चढ्न पाउने छन्,’ । पुलको निर्माण सम्पन्न नहुँदा सम्म आफू लागि राख्ने उनले बताए ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार पाँच करोड ४७ लाख रूपैयाँ लागत रहेको पुलको लम्बाइ ७० मिटर छ । हालसम्म तीन करोड ३६ लाख भुक्तानी भइसकेको र दुई करोड ११ लाख भुक्तानी हुन बाँकी रहेको डिभिजन कार्यालयका सूचना अधिकारी तारानाथ सिग्देलले बताए ।

सुरुको सम्झौता अनुसार १८ महिनामा काम सक्नुपर्ने भए पनि सात वर्षको अवधिमा करिब ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको उनले बताए । ‘अहिले दैनिक हर्जाना तिराएर काम गराइरहेका छौँ, निर्माण कम्पनीले अस्तिदेखि काम सुरु गरेको भनेको छ,’उनले भने । कानुन अनुसार दैनिक हर्जाना तिरेर दुई सय दिनभित्र पनि काम पूरा नगरे ठेक्का तोडेर कारबाहीको प्रक्रियामा जाने सिग्देलले बताए ।

आइतबार, चैत २५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला
सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय
निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने
सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो
कांग्रेस कैलाली-५ को क्षेत्रीय सभापतिमा पडाल,सचिवमा सुवेदी

समाचार

सबै

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

डोटीमा शौचालयमा स्वास्थ्यकर्मी मृत फेला

सदनमा उठ्यो दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिको विषय

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

सरकारी अस्पताल वरिपरि निजी स्वास्थ्य संस्था सञ्चालनमा रोक लगाउन ताकेता

विशेष

सबै
विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • ३ दिन 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ३ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ४ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ४ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ४ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ४ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • १ महिना 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

  • १.
    विपद् जोखिम न्यूनीकरणमा प्रदेश सरकार ‘हाई अलर्ट’मा

  • २.
    धनगढीमा जेईविरुद्ध खोप अभियान सुरु, प्रमुख कुँवरले

  • ३.
    मनोकामना पूरा हुने विश्वास : १०८ फिटे

  • ४.
    कैलालीकाे दुई पालिकामा जेई खोप अभियानको अन्तिम

  • ५.
    कैलालीमा जेई खोप अभियान : हालसम्म ६३

  • ६.
    सुदूरपश्चिममा विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारी अवस्थामा

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.