कैलाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्कीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।
तटबन्ध निर्माण कार्यको पहिलो रनिङ बिल भुक्तानीमा सहजीकरण भन्दै सेवाग्राहीसँग एक लाख २० हजार रुपैयाँ घुस लिएको पाइएपछि अख्तियारको बुटवल सम्पर्क कार्यालय नेपालञ्जको टोलीले पाललाई बुधबार नियन्त्रणमा लिएको हो ।
अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पालको साथबाट स्रोत नखुलेको एक हजार ५ रुपैयाँसमेत बरामद गरिएको छ । उनीमाथि अनुसन्धान भइरहेको छ।
















