काठमाडौं– डा.बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार र बिहीबार बसेको पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो । नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम-२ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

















