• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

लोकप्रिय समाचार

  • १. धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २. वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक फर्मको अनुगमन

  • ३. बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४. बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने क्रम जारी

  • ५. निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न, पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता

  • ६. एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

  • ७. तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु

  • ८. लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • ९. टिकटक लाइभबाट मासिक ६ लाखसम्म कमाइ

  • १०. आईसीसीको मान्यता र डीआरएससहित एनपीएल सिजन–३, टुर्नामेन्ट डाइरेक्टरको जिम्मेवारीमा धीरेन्द्र साउद

दश महिनाको अवधिमा १ करोड राजस्व संकलन

  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को हालसम्म रु एक करोड ९३ हजार छ सय २८ राजस्व संकलन गरेको छ ।नगरपालिकाको राजस्व शाखाका प्रमुख लोकराज भट्टका अनुसार सम्पत्ति करबाट रु १० लाख दुई सय ८१, भूमिकर रु १४ लाख १४ हजार नौ सय ६३, बहाल कर रु १५ लाख ५९ हजार एक सय ५९, बहाल विटौरी कर रु दुई लाख ४८ हजार सात सय ७७, व्यवसाय कर रु १२ लाख पाँच हजार नौ सय ६१ राजस्व संकलन भएको छ ।

यसैगरी, अन्य करबापत रु ६२ हजार छ सय ५६, सरकारी सम्पत्ति बहालबाट प्राप्त आय रु दुई लाख ३१ हजार सात सय ५०, रोयल्टीबापत रु एक लाख ३० हजार एक सय ४२, अन्य सेवा शुल्क रु चार हजार २०, न्यायिक दस्तुर रु तीन हजार, नक्सापास दस्तुर रु तीन लाख २१ हजार तीन सय ८०, सिफारिस रु १८ लाख दुई सय ८७ राजस्व संकलन भएको छ ।

योसँगै व्यक्तिगत घटना दर्ता दस्तुर रु चार लाख एक हजार तीन सय १०, नाता प्रमाणित दस्तुर रु ३६ हजार पाँच सय ४८, अन्य दस्तुर रु आठ लाख ८७ हजार छ सय ३६, प्रशासनिक दण्ड जरिवानाबापत रु दुई लाख ५५ हजार, अन्य राजस्व रु दुई लाख ३४ हजार छ सय ३३ र बेरुजुबापत रु दुई लाख ९६ हजार एक सय २५ राजस्व संकलन भएको छ ।

संकलित राजस्वमा नगरपालिकाका १२ वटै वडाबाट रु ४२ लाख ४९ हजार चार सय ९२ र नगरपालिका कार्यालयबाट रु ५८ लाख ४४ हजार एक सय ३६ रकम रहेको शाखा प्रमुख भट्टको भनाइ छ । करका दायरा फराकिलो बनाउँदै राजस्व सुधार कार्ययोजना तयार गरी आन्तरिक आय वृद्धि गर्न विशेष अभियान सञ्चालन गरिन लागेको शाखा प्रमुख भट्टले बताए ।

“नगरभित्र रहेका दिगो र भरपर्दो कर योग्य क्षेत्रको पहिचान गरी करदाता अनुकूल कर निर्धारण गरेर करको दायरा फराकिलो बनाउन आगामी योजनामा समावेश गर्दैछौँ”, नगर उपप्रमुख कल्पना पन्तले भनिन्, “वडास्तरबाटै सम्पूर्ण कर विद्युतीय प्रणालीमार्फत संकलन गरिने व्यवस्था गर्दैछौँ ।”

कर प्रणालीलाई सरल, सहज, नागरिकमैत्री बनाइने उल्लेख गर्दै उनले प्रत्येक वडामा कर अभियान सञ्चालन गरी कर संकलनमा सहजता ल्याइने बताइन् । नगरपालिको आन्तरिक आय न्यून भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिटी, बालुवा) वन पैदावरजन्य प्राकृतिक स्रोतको बिक्रीवितरणबाट राजस्व अभिवृिद्ध गर्न रणनीतिकरुपमा अगाडि बढ्ने योजना रहेको चर्चा गर्दै उनले नगरपालिका क्षेत्रमा सञ्चालित व्यवसायलाई करको दायरामा ल्याउने नीति अवलम्बन गरिने बताइन् ।

उनका अनुसार करको दायरामा परी कर तिर्न अटेर गर्नेलाई दण्ड जरिवाना तथा नियमित कर तिर्नेलाई सम्मान तथा पुरस्कृत हुने व्यवस्था मिलाइनेछ । व्यवसाय दर्ता गरेर लामो समयबाट सञ्चालनमा नरहेका अवस्थाका व्यवसायीको लगत लिइ व्यवस्थापन गरिनेछ । राजस्व सुधार कार्ययोजनालाई कार्यान्वयन गर्दै राजस्व संकलनलाई प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले आन्तरिक राजस्व वृद्धिमा उल्लेख्य योगदान गर्ने कर्मचारी र करदातालाई सम्मान र पुरस्कृत गर्ने व्यवस्था गरिने बताइन् । रासस

 

  • राजस्व संकलन
सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला
धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत
काठ ओसारपसार मुद्दाका एक फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणीको आरोपमा युवक पक्राउ

समाचार

सबै

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरिने

सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग

टीकापुर अस्पतालमा म्याद गुज्रिएका २४ रिएजेन्ट र १३ औषधी फेला

धनगढीको ‘गौशाला मोडल’ : सडकमा चौपाया घटे, किसानलाई राहत

विशेष

सबै
धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै
  • १ दिन 

सहारा होटल म्यानेजमेन्ट र शैलेश्वरीका विद्यार्थीलाई स्वागत, पर्यटन क्षेत्रको व्यावहारिक अनुभव
  • २ हप्ता 

पत्रकार एवम् कथाकार यज्ञराज जोशीसहित दुई श्रष्टा सम्मानित
  • २ हप्ता 

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • २ हप्ता 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • २ हप्ता 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ४ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ४ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ महिना 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ महिना 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ महिना 

  • १.
    धनगढीमा तीन विधामा निःशुल्क सीपमूलक तालिम दिइँदै

  • २.
    वाणिज्य कार्यालयद्वारा २ सय ८७ वटा व्यावसायिक

  • ३.
    बझाङमा भिरबाट लडेर वडाध्यक्षको मृत्यु

  • ४.
    बडादसैँको तेस्रो दिन आज पनि टीका लगाउने

  • ५.
    निङ्लासैनी देवी मन्दिरको १९औँ साधारण सभा सम्पन्न,

  • ६.
    एक महिनामा लागूऔषधसहित ४१ जना पक्राउ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.