कैलाली । बझाङ्ग प्रदेशसभा निर्बाचन क्षेत्र न. १मा भएको उपनिर्बाचनमा ४९.११ प्रतिशत मत खसेको छ । आज भएको सो उपनिर्बाचनमा ६७ हजार ७४८ मतदाता मध्ये ३० हजार ३ सय २८ जनाले मात्र मतदान गरेको बझाङ्क निर्बाचन कार्यालयका मतदान अधिकृत मान बहादुर धामीले निशाना न्युजलाई जानकारी दिए । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म भएको उतm मतदान शान्तीपुर्ण बाताबरणमा सम्पन्न भएको उनले बताए । अहिले मतपेटीका ल्याउने क्रम जारी रहेको मतगणना आईतबार बाट मात्र शुरु गरिने उनले बताए ।
















